बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् ट्वीटर अकाउन्ट बन्द

0
Shares

एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेकी छन् ।

नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राम अकाउन्टमार्फत् बताएकी छन्। अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलकारविरुद्ध समाजिक सञ्जालमा चर्को विरोध भएको छ । यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट पनि बन्द गरेकी छन् ।

केही दिन अघि फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । ट्वीटरमा धेरै नकारात्क प्रतिक्रिया आउने हुनाले मानसिक तनावबाट आफुलाई टाढा राख्न यसो गरेको उनीहरुको भनाइ छ ।