गल्छीदेखि मैलुङसम्म आठवटा पुल


सरस्वती न्योपाने, रसुवा

गेम चेन्जर प्रोजेक्टका रूपमा निर्माण भइरहेको गल्छी—त्रिशूली—मैलुङ स्याफ्रुवेंशी—रसुवागढी आयोजनाको सडकमा पर्ने आठवटा पक्की पुल निर्माणको काम लकडाउन अवधिमा भइरहका छन् ।

विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण अधिकांश ठाउँमा कामदारको अभावमा केही समय निर्माणको गतिविधि रोकिए पनि अहिले सुचारु भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाभन्दा माथिल्लो दुईवटा सडकमध्येको गल्छी–त्रिशूली मैलुङ स्याफ्रुवेंशी—रसुवागढी योजनाभित्रको गल्छीदेखि मैलुङसम्मको आठवटा पक्की पुल निर्माणले तीव्रता पाएको हो । यो योजनाअन्तर्गत ११ वटा पुनर्निर्माण हुनेछ ।

सरकारले पृथ्वी राजमार्गलाई चार लेनको र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको शहरी क्षेत्रको बट्टार विदुर ढुङ्गेमा चार लेन र अन्य भागमा डेडकेकड डबल लेन निर्माण गर्ने गरी गेमचेन्जर प्रोजेक्टका रूपमा छनोट गरेको हो ।

स्थानीय कामदार, भएका कारण आवश्यक सामग्री जुटाएसँगै पुल निर्माणको कामले तीव्रता पाएको गल्छी—त्रिशूली—मैलुङ—स्यफ्रुवेंशी—रसुवागढी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले बताउनुभयो ।

धादिङको गल्छीस्थित महेशखोला, नुवाकोट कोल्पुटारस्थित कोल्पुरखोला, रातामाटेस्थित ठूलोखोला र गेर्खु खोलामा पुल निर्माणको काम भइरहेको छ । यस्तै रसुवा र नुवाकोटको सिमाना बेत्रावतीस्थित फलाखु खोला, नयाँ पुलस्थित त्रिशूली नदी, रसुवाको मैलुङस्थित ठाडोखोलामा पक्की पुल निर्माण भइरहेको छ ।

योजना प्रमुख भण्डारीका अनुसार ११ मिटर चौडाइ र १० मिटरदेखि ६० मिटर लम्बाइको पुल निर्माण भइरहेको छ । ६० मिटर लम्बाइको पुल निर्माण भइरहेको छ । उक्त पुलको स्टिम ढलान, नदी नियन्त्रण पहँच सडक फुटपाथ रेलिङ निर्माण खोला स्ल्याव ढलान, जग ढलान र विन वाल लागाउने काम भइरहेको छ ।

गल्छीदेखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भए पनि अहिले आठ स्थानमा मात्र पुल निर्माणको काम शुरू भएको छ । गल्छीदेखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भए पनि अहिले आठ स्थानमा मात्र पुल निर्माणको काम शुरू भएका छन् ।

नुवाकोटको देवीघाटस्थित तादीखोला रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशूली खोलामा पुल निर्माण रोकिएको उनको भानाइ रहेको छ । काठमाडौं—गल्छी—त्रिशूली–धुन्चे–स्याफ्रुवेंशी–रसुवागढीको दूरी १ सय ५२ किलो मिटर रहेको छ तर मैलुङबाट सडक निर्माण भएपछि त्यो दूरी २३ किलो मिटर छोटिन्छ आयोजनाको लागत ९ अर्ब ५० करोड रुपियाँ रहेको छ ।