म्याच फिक्सिङ भएको आरोपमाथि छानबिन शुरु

0
Shares

कोलम्बो, (एजेन्सी)

श्रीलंकाको सरकारले २०११ को क्रिकेट विश्वकप फाइनल खेल म्याच फिक्सिङ भएको आरोपमाथि जाँच शुरु गरेको छ । श्रीलंकाका पूर्व खेल मंत्री महिंदानंदा अलुथगामाले सो विश्वकप फाइनलको श्रीलंका र भारतबीचको खेल म्याच फिक्सिङ भएको दावी गरेका हुन् । यो फाइनल यसैले श्रीलंकाले हा¥यो किनभने यो खेल म्याच फिक्सिङ थियो । महिंदानंदा २०१० देखि २०१५ सम्म खेल मन्त्री थिए । हाल उनी श्रीलंका सरकारमा उर्जा मन्त्री हुन् ।

हालका खेल मंत्री डलास अलहैपरुमाले यस मामिलामाथि जाँचको आदेश दिएका छन् । उनले हरेक दुई सातामा प्रोगेस रिपोर्ट माँगेका छन् । पूर्व खेल मन्त्रीले आरोप लगाएपछि त्यसैबेला खेलेका श्रीलंकाका पूर्व कप्तान कुमार सांगकारा र माहेला जयवद्र्धनेले प्रमाण माँगेका थिए । जयवर्धनेले ट्वीट गरेका थिए—लाग्छ चुनाव नजिक आएको छ । सर्कस शुरु भइसकेको छ ।

पूर्व खेल मंत्रीले बताए– तब मैले यस मामिलाबारे केही भन्न चाहेको थिएन । तर अहिले लागेको छ कि सो जालझेलबारे बताउन सक्छु । म यसमा खेलाडीहरुलाई सामले गराउँदैन, तर केही समूह म्याच फिक्सिङ गर्नेमा सामेल थिए ।

तीन वर्ष अघि पनि श्रीलंकाका पूर्व कप्तान र कमेन्टेटर अर्जुन रणतुंगाले पनि २०११ को विश्वकप फाइनलमा म्याच फिक्सिङ भएको हो कि भनेर शंका गरेका थिए । उनले बताएका थिए—जब हामी हारे तब म धेरै दुखी थिए र मलाई शंका लागेको थियो । श्रीलंकाली टोली किन हा¥यो, यसको जाँच गर्न आवश्यक छ । म अहिले सबै खुलासा गर्न सक्दैन, तर म एक दिन जरुर बताउनेछु ।

रणातुंगा सो फाइनल खेलको दिन वानखेडे रंगशालामा कमेन्ट्री गरिरहेका थिए । श्रीलंकाका अन्य एक पूर्व खेल मन्त्री हारिन फर्नांडोले भनेका थिए कि श्रीलंका क्रिकेटमा माथिदेखि तलसम्म भ्रष्टाचार छ र आईसीसीले श्रीलंकालाई विश्वकै सबैभन्दा भ्रष्ट देशमध्ये एक मानेको छ ।

२०११ मा मुम्बईको वानखेड़े रंगशालामा खेलेको विश्वकप फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतले २८ वर्षपछि क्रिकेट विश्वकप ट्रफी चुमेको थियो । सो खेलमा श्रीलंकाले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षेतिमा २ सय ७४ रनको योगफल बनाएको थियो । टोलीका लागि माहेला जयवर्धनेले १ सय ३ रन बनाएका थिए । जवाफमा भारतले ४ विकेट गुमाएर उपाधि जितेको थियो ।