बुहारीको हत्या अभियोगमा पक्राउ

0
Shares

न्युज अफ नेपाल,हेटौंडा।

असार २ गते विहान करिब ७ बजे हेटौंडा–४, सूर्यचोकमा वर्ष २२ की सुस्मिता थापा आफ्नै घरको भान्सामा टाउकोमा चोट लाग्दा मृत अबस्थामा फेला परिन् । उनको शव टाउकोमा चोट लागेको र भान्सामा रगत बगेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुसन्धानका लागि मृतकका ससुरा वर्ष ५८ को प्रकाश थापा र मृतककी नन्द वर्ष २३ की सीता थापालाई ४ गते प्रहरीले पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य जारी राखेको छ । सुस्मिताको माइती कपिलवस्तुको बाणगंगा–८ रहेको जनाइएको छ ।

सुस्मिताका पतिको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । बन्द कोठामा थापाको शव फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।
‘आत्महत्या वा हत्या भन्नेबारे अनुसन्धान भइरहेको छ ।

महिलाको माइती पक्षलाई बोलाएका छौं,’ उहाँका अनुसार घटनास्थलमा रगत देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले नै हत्या गरेको देखिएको एक प्रहरी अधिकृतले भने ।

‘पतिको ६ महिनाको बरखी छ । तिमीले केके चढाउनुपर्ने छ, बत्ती बाल्नुपर्ने छ’ भनेर उनलाई हेटौंडा बोलाइएको बताइएको छ । उनलाई सिलौटाले टाउको पछाडि प्रहार गरिएको, एउटा आँखा फुटेको, हातभर निलडाम भेटिएको पीडित पक्षको दाबी छ ।