चिलिमे हाइड्रोपावर कम्पनीलाई साढे ५२ करोड नाफा

0
Shares

  • सरस्वती न्यौपाने,रसुवा

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपैया नाफा कमाएको वितिय विवरण सार्वजनिक गरेको छ ।नाफा गत वर्षको भन्दा ३ दशमलव ३ ले थोरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले उत्पादन गरेको विजुली नेपाल विद्युत प्राधिकरणले सबै खरिद नगरेका कारण्ण नाफा प्रभावित भएको चिलिमेको दावी रहेको छ ।यस अवधिमा प्राविधिकरण ले न्युन मात्र विद्युत खरिद गर्दा नाफा प्रभावित भएको कम्पनीको भनाई रहेको छ ।

चिलिमे ले अधिक विद्युत उत्पादन गरेको तथा प्राधिकरणले भने पुर्व सम्झौता अनुसारको मात्र विजुली खरिद गरेको कम्पनीले जनाएकोछ । चिलिमेको विद्युत विक्रीबाट हुने आम्दानी पनि ८० कारोड ७५ लाख रुपैयाबाट थोरै घटेर ८० कारोड ७५ लाख रुपैयाबाट थोरै घटेर ८० करोड ३७ लाख रुपैयामा भरेको छ ।

यसै गरी कम्पनीले तिर्नुपर्ने करको मात्र पनि बढेको छ । चिलिमे ले यस अघि कार छुट पाउँथ्यो तर सन्चालनमा आएको १५ वर्ष पुरा भइसकेकाले तिर्नुपर्ने कर र रोयल्टी बढेको छ । हाइड्रोपावर कम्पनीलाई १५ वर्ष सम्म कर तथा रोयल्टीमा छुट दिइने प्रावधान छ ।

यो अवधि पुरा भएपछि कर र रोयल्टी दायित्व वृद्धी हुन जान्छ यसर्थ यसपटक चिलिमे ले कर बापत १३ करोड ८६ लाख रुपैया खर्च गरेको छ । गत वर्ष यही शीर्षकमा जम्मा ११ करोड ६७ लाख रुपैया मात्र खर्च थियो । हाल यस कम्पनीको सेयर पुजी ५ अर्व ७० करोड ९७ लाख रुपैया रहेको छ ।

यस्तै कम्पनीले रिटेन्टअर्निङ शीर्षकमा चार अर्व सात करोड २७ लाख रुपैया छुटाइएको छ । चिलिमे को प्रति सेयर आम्दानी पनि दुई रुपैया २७ पैसामा झरेको छ । गत वर्ष प्रति सेयर आम्दानी १५ रुपैया २३ पैसा थियो यसको प्रति शेयर नेटवर्थ एकसय ७१ रुपैया ३३ पैसा रहेको छ ।