बिहेअघि नै गर्भवती !

0
Shares

बलिउड फिल्म नगरीमा एउटा सपनाको नगरी हो । त्यहाँ प्रत्येक दिन थोरैको सपना साकार हुन्छन् र धेरैका सपना बिथोलिन्छन् । बलिउडमा टिक्न त्यति नै कठिन छ, जति त्यहाँ प्रवेश गर्नलाई छ । बलिउड त्यो नगरी पनि हो, जहाँ पुगेपछि मानिसहरुको जीवनले नयाँ मोड लिन्छ । बलिउड कलाकारका रिल लाइफ जति रोमाञ्चकारी र विस्मयकारी छ, त्यति नै रहस्यमय छ उनीहरुको रियल लाइफ पनि । बलिउडकर्मी रिल लाइफमा काम गर्दा गर्दै कतिखेर रियल लाइफमा समेत जोडिन्छन्, त्यो पनि भनिहाल्न वा अनुमान गरिहाल्न मुस्किल छ । बलिउडमा नायक र नायिकाबीच रिल लाइफमा मात्र नभई रियल लाइफमा समेत रोमान्स चलिरहेको छ भन्ने सामाचारहरु आइरहेका हुन्छन् ।

यस्ता रोमान्सले हदभन्दा माथि जाँदा भने उनीहरुको जिन्दगीलाई नै नराम्रा असर पारिरहेको हुन्छ । रिलेसनमा रहेका केही नायिकाले विवाहको बोरमा सोचेकै हुँदैनन् । न त तुरुन्तै विवाह गर्ने निर्णय गरेका हुन्छन्, न भविष्यमा बिहे गने सोच बनाएका हुन्छन् । तर पनि तुरुन्तै विवाह गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसको कारण भने उनीहरु विवाहअघि नै गर्भवती हुनु हो । यहाँ केही बलिउड नायिकाका बारे चर्चा गरिएको छ, जो विवाहअघि नै गर्भवती भएका थिए ।

नीना गुप्ता

बलिउड नायिका नीना गुप्ताले अचानक आफू गर्भवती छु भनेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर उनले बच्चाको नाम भने बताइनन् । साहसिक निर्णय लिँदै उनले बच्चालाई जन्म दिइन् । पछि मात्र थाहा भयो कि क्रिकेटर विवियन रिचर्डस् उनको बच्चाको पिता रहेछन् ।

महिमा चौधरी

महिमा चौधरीले सुवास घईको फिल्म परदेशबाट आफ्नो करिअर शुरु गरेकी थिइन् । उनको वास्तविक नाम ऋतु हो । महिमाले सन् २००६ मा अचानक बबी मुखर्जीसँग विवाह गरिन् । त्यो समय उनको हातमा केही फिल्म पनि थिए । चर्चा थियो कि महिमा गर्भवती थिइन् । त्यस कारण उनले फिल्म छोडेर विवाह रोजिन् । विवाहको केही महिनापछि नै उनले छोरी जन्माएकी थिइन् ।

सारिका

फिल्म राजतिलकको सुटिङका क्रममा बलिउड नायिका सारिका र नायक कमल हसनबीच रोमान्स चलेको थियो । यहीबीच यी दुवैले विवाह गरे । सारिका गर्भवती भएकाले हतार हतार बिहे गरेको चर्चा बलिउडमा चलेको थियो ।

श्रीदेवी

 

बलिउडकी सुन्दर अभिनेत्री श्रीदेवीको मन बोनीले तब जिते, जब श्रीदेवीकी बिरामी आमाको अमेरिकामा उपचार चलिरहेको थियो । उक्त समयमा बोनीले श्रीदेवीको निकै सहायता गरे । बोनीले यतिसम्म सहयोग गरे कि, श्रीदेवी त्यसबाट प्रभावित नभई बस्न सकिनन् । जसका कारण यी दुईबीच छोटो समयमै गहिरो प्रेम सम्बन्ध हुन पुग्यो । सन् १९९६ मा श्रीदेवीले अचानक बोनीसँग विवाह गरेर आफ्ना सबै फ्यानलाई चकित बनाइदिइन् । त्यो समयसम्म श्रीदेवी गर्भवती भइसकेकी थिइन् । त्यसैले उनले बोनीलाई आफ्नो पति स्वीकार गर्न समय लगाइनन् । यो कुरा श्रीदेवीले स्वीकार पनि गरेकी थिइन् ।

अमृता अरोरा

बलिउड नायिका मलाइका अरोराकी बहिनी अमृता अरोराको बिजनेस म्यान सकिलसँग रोमान्स चलिरहेको थियो । उनले छिट्टै नै यो प्रेमलाई विवाहमा परिणत गरिन् । त्यो समयमा खबर थियो कि उनी गर्भवती थिइन् । विवाहको केही दिनमा नै अमृताले आफू गर्भवती भएको बताएर त्यो खबरलाई पुष्टि पनि गरिदिइन् ।

सेलिना जेट्ली

खेल, सुर्यम, जिन्दा, थ्यांक युजस्ता फिल्ममा अभिनय गरेकी बलिउड नायिका सेलिना जेट्लीले आफ्ना प्रेमी पिटरसँग प्रेम गरेको थोरै समयपछि विवाह गरिन् । उनले विवाहको केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन् । उनी बिहेभन्दा अघि नै गर्भवती थिइन् भन्ने हल्ला बलिउडमा चलेको थियो । बिहेको छोटो समयमै उनी आमा बन्नुले हल्लाको पुष्टि पनि गरिदियो ।

(कामना मासिकबाट साभार)