बोल्ड सिर्जना

0
Shares

विदुर गिरी ।

नाटक होस् कि फिल्म, रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बा बोल्ड अवतारमा देखिन्छिन् । उनको अभिनय क्षमता नै त्यस्तै छ, जसका कारण नाटक र फिल्मका निर्देशकहरु बोल्ड भूमिकाका लागि उनलाई नै सम्झने गर्छन् ।

नाटक र फिल्ममा त सिर्जना बोल्ड भूमिकामा देखिँदै आएकी हुन् नै, यसपालि भने उनी फोटोसुटमा समेत बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । त्यो पनि गर्भवती अवस्थामा । केही अघि फिल्मकर्मी पदम सुब्बासँग बिहे बन्धनमा बाँधिएकी सिर्जना अहिले ८ महिनाको गर्भवती छिन् । तर यही अवस्थामा पनि बोल्डभन्दा बोल्ड फोटो सुट गराइरहेकी छिन् भने नाटकमा समेत गर्भवती भूमिकामै प्रस्तुत भइरहेकी छिन् । मण्डला थिएटरको संस्थापक र सञ्चालक रहेकी उनी मण्डलामै मञ्चन भइरहेको नाटक महाभोजमा गर्भवती प्रहरीको भूमिकामा बोल्ड अभिनयका साथ प्रस्तुत भइरहेकी छिन् । ‘अनौठो संयोग नै भन्नुपर्छ रियलमा पनि प्रेग्नेन्ट छु, नाटकमा पनि प्रेग्नेन्ट पुलिसको रोल गरिरहेको छु । रमाइलो भइरहेको छ ।’ –सिर्जना सुनाउँछिन् ।

नर्माता निर्देशकहरु काम र अभिनयभन्दा पनि अनुहार र थर नै हेर्ने गर्थे। सुब्बा भन्नेबित्तिकै हुँदैन भन्ने धेरै थ्एि। अहिले त्यो सोच विस्तारै कम भएको पाएको छु। कुनै जात, वर्ग र समुदायको मुठ्ठीमा छैन अहिले फिल्म क्षेत्र।

डेढ दशकदेखि अभिनय यात्रालाई अगाडि बढाउँदै आएकी सिर्जनालाई अब फरक खालको बोल्ड भूमिकामा अभिनय गर्ने मन छ भन्छिन्– ‘मलाई बोल्ड रोल नै मन पर्छ । रोनाधोना देखाइरहिएकै हो । अबचाहिँ यो धेरै भयो कि जस्तो लाग्छ । मेरो च्वाइस नै बोल्ड भएकाले होला नाटक र फिल्मका निर्देशकहरु मलाई त्यस्तै रोलको अफर गर्नुहुन्छ । डिफरेन्ट रोल गराउन डराएकाले हो कि प्रायः एकै खालको रोलको अफर आउने गर्छ । तर डिफरेन्ट केही गर्न पाए हुन्थ्यो । अबचाहिँ लेडिज पोल्टिसियनको रोल गर्न पाए हुन्थ्यो ।’ उनले यसपालि प्रयोगका लागि बाबेल्ड अवतारमा फोटो सुट गरेको समेत खुलाइन् । ‘बोल्ड लुक्स कस्तो हुन्छ भनेर विकिनी फोटो सुट गराएको हुँ । फिल्ममा क्यारेक्ट पायो भने फोटोमा भन्दा बोल्ड अवतारमा आउन पनि सक्छु । देखाउनकै लागि चाहिँ बोल्ड अवतारमा आउँदिनँ । क्यारेक्टर चित्त बुभ्mयो भने जस्तोसुकै रोल गर्न म तयार छु ।’ –सिर्जनाले भनिन् ।

सानैदेखि कलाकार बन्ने सपना देखेकी उर्लाबारी, मोरङकी सिर्जना नाटकमय घरको वातावरणबाट यो क्षेत्रमा आएकी हुन् । उनका काका एवं फुपूहरू नाटक निर्देशन र अभिनय क्षेत्रमा थिए । त्यसकै प्रभावले कलायात्रामा अगाडि बढेकी सिर्जनालाई नाटक र फिल्म दुवैमा काम गर्न मज्जा लाग्छ । ‘नाटकमा दर्शकका अगाडि प्रत्यक्ष अभिनय गर्नुपर्छ । बिग्रियो भने सच्याउन पाइँदैन । तर जीवन्त हुन्छ । फिल्ममा काम गर्दाचाहिँ नमिलेसम्म सच्याउन पाइन्छ । नाटकमा तन, मन, श्रम, दिमाग सबै लगाउनुपर्छ । फिल्ममा चाहिँ धेरै मेहनत नगरे पनि राम्रै पैसा पाइन्छ ।’ –सिर्जना भन्छिन् । ३ दर्जनभन्दा नाटक र आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी उनले लुट, लुट २, सूर्यग्रहण, निभ्न लागेको दियो, चक्कर, मिस्टर भर्जिन, कबड्डी कबबड्ीजस्ता फिल्ममा अभिनय गरेकी छिन् भने उनका अब आउने फिल्म घरजम हो । नाटकमा अभिनयका साथ निर्देशनसमेत गर्ने उनले निभ्न लागेको दियो फिल्मबाट कामना फिल्म अवार्ड, राष्ट्रिय फिल्म अवार्डसहित देशका ४ फिल्म अवार्ड चुमेकी छिन् भने सिंगापुरमा भएको साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिबलमा समेत उनलाई सोही फिल्मले अवार्ड दिलाएको छ ।

सिर्जनाको अर्को सफलता भनेको आदिवासी समुदायबाट आएर पनि फिल्म क्षेत्रमा टिक्न सक्नु हो । उनी अभिनय क्षेत्रमा आउँदा आदिवासी समुदायको प्रतिनिधित्व न्यून थियो । फिल्ममा बाहुन, क्षेत्री, नेवार समुदायको वर्चस्व चलिरहेको थियो । हिरोइन हुनका लागि अग्लो कद, गोह्रो वर्ण, ठूल्ठूला आँखा हुनु जरुरी मानिन्थ्यो । सिर्जना थिइन् लिम्बू समुदायबाट । त्यसैले उनले अभिनय गर्छुभन्दा नपत्याउने धेरै थिए । ‘निर्माता निर्देशकहरु काम र अभिनयभन्दा पनि अनुहार र थर नै हेर्ने गर्थे । सुब्बा भन्नेबित्तिकै हुँदैन भन्ने धेरै छन् । अहिले त्यो सोच विस्तारै कम भएको पाएको छु । कुनै जात, वर्ग र समुदायको मुठ्ठीमा छैन अहिले फिल्म क्षेत्र ।’ –सिर्जनाले सुनाइन् ।

(कामना मासिकबाट साभार)