सुशान्तको निधनले विक्षिप्त दुई युवाले गरे आत्महत्या

0
Shares

एजेन्सी ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले विक्षिप्त बनेका  दुई जना युवाले समेत आत्हत्या गरेका छन् ।

भारतको मध्य प्रदेश सागर जिल्लास्थित खुरईकी एक २० वर्षीय युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरेका हुन्। युवतीले आतमहत्या गर्नुअघि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भनेकी थिइन् ।

यस्तै, बरेलीका छात्रले पनि सुशान्तको आत्महत्याको खबर सुनेर आत्महत्या गरेका छन् । उनले सुसाइड नोटमा ‘अभिनेता सुशान्त सिंह आत्महत्या गर्न सक्छन भने म किन सक्दिनरु’ भनेर लेखेका थिए।

सुसाइड नोटमा सुशान्तको निधनको खबरले उनीहरु निकै विक्षिप्त भएको बुझिएको छ । मृतक उनीहरुको शव पोस्टमार्टमका लागि पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।