अब नोट नागरिकता र पासपोर्ट परिवतर्न गर्नुपर्ने

नयाँ निशान छाप प्रयोगमा


न्युज अफ नेपाल, काठमाडौं ।
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी भएसँगै नेपालको निशान छाप पनि परिवर्तन भएको छ । संसदबाट निशान छाप संशोधन गर्ने प्रस्ताव पारित भएसँगै आज राजपत्रमा प्रकाशित भएसगै नयाँ निशान छाप प्रयोगमा आएको हो ।

नयाँ निशान छाप प्रयोगमा आएपछि नोट नागरिकता र पासपोर्ट पनि परिवर्तन गर्नुपर्ने भएको छ ।  गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले लेटरप्याड, नागरिकता छपाई सुरु गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पासपोर्टमा पनि अब नयाँ निशान छाप्नुपर्नेछ । त्यसैगरी सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ । निशान छाप नयाँ लागू भएसँगै सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ ।