दार्चुला ।
भारतको बङ्गलोरबाट घर फर्केका मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ । भारतबाट फर्केर जेठ ३० गते लटिनाथ क्वारेन्टीनमा बसेका उनको गएराती मृत्यु भएको लटिनाथ प्रहरीले जनाएको छ ।
२९ वर्षीय युवकलाई ज्वरो आएपछि घरका अन्य सदस्यले उनलाई क्वारेन्टिनबाट उपचार गर्ने भन्दै घर लगेको खुल्न आएको छ । ति युवकको गएराती आफ्नै घरमा मृत्यु भएको लटिनाथ प्रहरीलाई उदृत गर्दै स्थानीय दिनेश बहादुर सिंह जानकारी दिनुभयो ।
उनी लटिनाथमा गाउँपालिकाले स्थापना क्वारेन्टीनमा एक दिन बसेको गाउँपालिकाले जनाएको छ । ति युवकको मानसिक अवस्था ठीक नभएकाले उपचारका लागि आफन्तले घर लगेको गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र धामीले जानकारी दिनुभयो ।
मृतक युवकमा कोरोना संक्रमणको आशंका गरिएको छ, भने उनको स्वाव संकलन गरी पिसीआर परीक्षणका लागि पिसिआर प्रयोगशाला धनगढी पठाइएको स्वास्थ्य संयोजक धामीले बताउनुभयो ।











प्रतिक्रिया