न्युज अफ नेपाल, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका–४ धाइवाङका स्थानीय ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र सिर्पाली, बिष्णु रसाइली, कोपिल सिर्पाली, सोम बहादुर कामी, लाल बहादुर पुन, रोहन बिक, कुल बहादुर कामी र थम बहादुर गोतामलाई गोरु काटेको आरोपमा बुधबार साँझ घटनास्थल (जंगल)बाटै नियन्त्रणमा लिएको हाे ।
सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुर्तीवाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
पक्राउ परेका उनीहरूलाई नै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइ अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया