दुई नेपालीलाई १५ हजार रियाल पुरस्कार

0
Shares

  • न्युज अफ नेपाल, हेटौंडा

एक दशकदेखि कतारमा इमान्दारिपूर्वक काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् । कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा रहेर इमान्दारिपूर्वक काम गरेको भन्दै पश्चिम नेपालका नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई नगद प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् रकम प्रदान गरेका थिए ।पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइजेस कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा गएका थिए ।

उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेडवर्कर भए । हाल कार्पेन्टर मेसनरीदेखि सबै काममा पोख्त उनी पोख्त छन् । दर्जीले पुरस्कारवापत् पाएको रकम छोराछोरीको शिक्षाका लागि उपयोग गर्ने बताए ।रामशंकले कम्पनीमा १२ वर्ष बिताइसकेका छन । पुरस्कार पाउँदा उनी पनि खुशी छन् ।

उनले वैदेशिक रोजगारीबाट कमाएको पैसाले परिवारको आबश्यकता पूरा गर्नुका साथै शिक्षामा समेत खर्च गरेको जानकारी दिए । पुरस्कारबापत् पैसा छोरीको पढाइमा खर्च गर्ने उनले बताए । पुरस्कार पाउने दुवैले कम्पनीका मालिकले अप्ठेरो पर्दा सहयोग पनि गर्ने गरेको बताए । कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत् कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।