पर्वतमा ८ जना कोरोना संक्रमणमुक्त,आजै डिस्चार्ज  हुँदै

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

पर्वतमा ८ जना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन । पर्वत कोरनो अस्थायी अस्पताल कुस्मामा उपचार गराईरहेका ८ कोरोना संक्रमितको पहिलो रिर्पोट नै नेगेटिभ आएको हो । पर्वतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३० जना मात्रै उपचारमा रहनेछन ।

किटजन्य तथा पशपंक्षी प्रयोगशाला भरतपुर चितवनमा गरिएको परिक्षणका क्रममा ८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकरी प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

कोरोना जित्नेहरुमा सबै पुरुष रहेका छन । उहाँका अनुसार कोरोना जित्नेहरुमा फलेबा नगरपालिका १० कुर्घाका २० र ४० बर्षका पुरुष रहेका छन । यसैगरी महाशिला ३ का २१,१४ र २१ बर्षका पुरुषले पनि कोरोनालाई जित्न सफल भएका छन् भने फलेबास नगरपालिका ११ पाङराङका २१ पुरुष तथा फलेबास नगरपालिका २ का २१ बर्षिय पुरुषले पनि कोरोना जितेका छन् ।

बिहादी गाउँपालिका ४ वहाकीका ३९ बर्षिय पुरुषले पनि कोरोना जिेतका छन । ९ जना संक्रमितको नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा बिहादी गाउँपालिकाका १ जना पुरुषको भने पोजेटिभ रिर्पोट आएको छ ।

भरतपुरमा ६० जनाको नमुना परिक्षणका लागि पठाइको थियो । पर्वत कोरोना अस्पतालमा उपचाररत ८ जना र अन्य क्वारेन्टाईनमा रहेका गरि ५४ जनालाई नै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाइएने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिनुभयो ।