लकडाउन फेरि ब्युँताउने तयारी


न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी भएको हो ।

असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाइएको हो । पर्याप्त राजश्व संकलन संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ ।

अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएको मा सरकारको आलोचना भइरहेको छ ।

सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेकाले लकडाउन खुकुलो बनाइएको हो । असार मसान्तसम्म अर्थतन्त्र ले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी उच्चस्रोतको भनाइ छ ।

एकजनालाई संक्रमण हुँदा लकडाउन गरेको सरकारले अहिले सात हजार जना संक्रमित हुँदा खुकुलो बनाउन सरकार उल्टो बाटोमा लागेको भन्दै आलोचना सुरु भएको छ । अबको लकडाउन विगतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने सन्दर्भमा छलफल चलिरहेको श्रोतको भनाइ छ।