नेपाली चलचित्र क्षेत्रमा पनि उठ्यो नेपोटिजमको कुरा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडमा अभिनेता सुशान्त सिंह राजपुत नेपोटिजमको शिकार भएर आत्महत्या गरेको प्रसंग उठेसँगै नेपाली चलचित्र क्षेत्रमा पनि नेपोटिजमको कुरा उठाइएको छ ।

चर्चित अभिनेत्री कंगना रनावतसहित अन्य कलाकारले बलिउडमा नेपोटिजमले जरा गाडेको जनाएका छन् । यस्तै, नेपाली नायिका वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा भएको पनि नातावादका कारण आफू पनि डिप्रेसनमा गएको बताएकी छन् । कलकारको क्षमता भन्दा पनि नतावाद हेरेर कलाकारको छनौट गरिने गरेको शिवाकोटीले जनाएकी छन् । नायिका नम्रता सापकोटाले पनि नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ ले जरा गाडेको जनाएकी छन् । क्षमता भएका कलाकार भन्दा पनि आफ्नालाई प्रार्थमिकता दिने गरिएको उनी बताउछिन् ।

यस्तै, चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी भने नेपालमा नेपोटिजम भन्दा पनि नेप्टोजम र चेप्टोजम हावी भइरहेको बताउँछन् । ‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा नेपोटिजम होइन, नोप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् ।’ दिपकराज गिरीले फेसबुकमा पोष्ट गरेका छन् ।