सुशान्त मृत्यु प्रकरण : सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

0
Shares

एजेन्सी ।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडका चर्चित अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ ।

सुशान्तलाई मर्न बाध्य बनाएको आरेपमा वकिल सुधिर कुमार ओझाले बिहार उनीहरुविरुद्ध मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । सो मुद्दाको सुनुवाई आगामी जुलाई ३ मा गरिने भएको छ । मुद्दा लागेका यी आठ व्यक्तिले सुशान्तलाई मानसिक तनाव दिएको मुद्दामा उल्लेख छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका छन् । यसका साथै साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् ।

अभिनेता सुशान्तले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए।