मौसम नायिकाको बिहेको

0
Shares

-रश्मी थापा

केही नायिकाले तामझामका साथ विवाह गरे भने केही सामान्य ढंगले वैवाहिक जीवनमा प्रेश गरेका छन् । नायिकात्रय ऋचा शर्मा, प्रियंका कार्की र आँचल शर्माको विवाहले विवाहअघि र विवाहपछि पनि उत्तिकै चर्चा पायो भने केही अभिनेत्रीको विवाह समारोह भने गुमनामजस्तै रह्यो ।

यस वर्षको अन्त्यतिर आएर नेपाली रजतपटका केही नायिकाहरु वैवाहिक जीवनमा बाँधिएका छन् । त्यसमध्ये केही नायिकाले तामझामका साथ विवाह गरे भने केही सामान्य ढंगले वैवाहिक जीवनमा प्रवेश गरेका छन् । नायिकात्रय ऋचा शर्मा, प्रियंका कार्की र आँचल शर्माको विवाहले विवाहअघि र विवाहपछि पनि उत्तिकै चर्चा पायो भने केही अभिनेत्रीको विवाह समारोह भने गुमनामजस्तै रह्यो ।


टेलिभिजन रियालीटी शो कमेडी च्याम्पियनकी जर्जसमेत रहेकी नायिका तथा निर्मात्री ऋचा शर्मा गत मंसिर २१ गते वैवाहिक जीवनमा प्रवेश गरिन् । लविम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँगका दुई वर्षको प्रेमलाई गन्तव्य दिँदै उनी विवाह बन्धनमा बाँधिएकी हुन् । ऋचाले आफ्नो प्रेम सम्बन्धका बारे मुख नखोले पनि एक्कासि विवाहअघि पोखरामा गएर केकी अधिकारी, प्रियंका कार्कीलगायतका आफ्ना नजिकका साथीहरुका साथ ब्याचलर पार्टी मनाएपछि उनले विवाह गर्ने चर्चा शुरु भएको थियो । ऋचा केही समययता व्यवसायमा पनि सक्रिय छिन् ।

 

विवाहको केही समयअघि साथीहरुका साथ थाइल्यान्डमा प्रियंकाले मनाएको एक हप्ते ब्याचलर पार्टीले सामाजिक सञ्जालमा विशेष चर्चा पाएको थियो । ६ जनाको टोलीसहित थाइल्यान्ड पुगेकी प्रियंका विकनी अवतारमा प्रस्तुत भएकी थिइन् । प्र्रियंका थाइल्यान्डबाट फर्केको केही समयपछि आयुष्मानले पनि आफ्ना साथीहरुका साथ प्रियंकाको जस्तै पोजमा केही फोटाहरु खिचे ।

करिब डेढ वर्षअघि अभिनेता आयुष्मान देशराज जोशीका साथ इंगेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले गत फागुन १५ गते आफ्नो जन्मदिनको अवसर पारेर पार्क भिलेज रिसोर्टमा विवाह गरिन् । उनीहरुले एक दिनअगाडि फागुन १४ गते काठमाडौं जिल्ला अदालत पुगेर अदालती विवाह गरेका थिए ।

विवाहअघि मेहन्दी कार्यक्रममा उनीहरुले एक अर्कोको नामका मेहन्दी लगाएका थिए भने सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । प्रियंका नेपालीका साथ पञ्जावी ढाँचामा आफूभन्दा ५ वर्ष कान्छा नायकसँग विवाह बन्धनमा बाँधिएकी हुन् । आयुष्मान बैंकर रवीना देशराजका छोरा हुन् । फिल्म कथा काठमाडौंमा सँगै काम गर्दा नजिकिएका प्रियंका र आयुष्मानले आफ्नो वैवाहिक समारोहलाई भरसक अविस्मरणीय बनाउने कोसिस गरेका थिए । यसलाई लिएर केही आलोचना भएपछि प्रियंकाले आफ्नो मावली पुर्खा भारतीय भएका कारण नेपाली र पञ्जावीअनुसार विवाह गरेको बताएकी थिइन् ।

विवाहको केही समयअघि साथीहरुका साथ थाइल्यान्डमा प्रियंकाले मनाएको एक हप्ते ब्याचलर पार्टीले सामाजिक सञ्जालमा विशेष चर्चा पाएको थियो । सहाना वज्राचार्य, मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधानलगायत ६ जनाको टोलीसहित थाइल्यान्ड पुगेकी प्रियंका विकनी अवतारमा प्रस्तुत भएकी थिइन् । प्र्रियंका थाइल्यान्डबाट फर्केको केही समयपछि आयुष्मानले पनि आफ्ना साथीहरुका साथ प्रियंकाको जस्तै पोजमा केही फोटोहरु खिचे । उक्त फोटोमा आयुष्मानसँगै उनका भाइ नायक आशिरमान देशराज जोशी पनि थिए । आयुष्मानले खिचेका फोटाहरु बाहिरिएपछि उनीहरु आलोचना र ट्रोलको सिकार पनि बन्न पुगे । इंगेजमेन्टपछि नै आफ्नो जोडीको नाम आयंका राखेका उनीहरु दुवैले नामको पछाडि एक अर्काको थर थपेका छन् । प्रियंकाले इन्स्टाग्राम अकाउन्टमा आयुष्मानको थर थपेर प्रियंका कार्की डीएस जोशी लेखेकी छिन् । आयुष्मानले पनि आयुष्मान डीएसके जोशी अर्थात् देशराज, श्रेष्ठ, कार्की जोशी राखेका छन् ।

फागुन १३ गते प्रेमी डा। उदिप श्रेष्ठसँग काठमाडौंको एक पार्टी प्यालेसमा इंगेजमेन्ट गरेकी अभिनेत्री आँचल शर्मा पनि फागुन २९ गते विवाह बन्धनमा बाँधिइन् । आँचलले विवाहपछि रिसेप्सन पार्टीमा लगाएको १६ लाख रुपियाँ मूल्यको भनिएको लेहेंगाले सामाजिक सञ्जालमा खुबै चर्चा पायो । उनले लगाएको भनिएको ६० लाखको हीराको गहनाले पनि निकै चर्चा पायो । हायात होटलमा आयोजित पार्टीमा उनी हेलिकोप्टर चढेर गएकी थिइन् । यसरी तामझामका साथ गरिएको विवाहका कारण उनी सामाजिक सञ्जालमा आलोचित पनि बनिन् । यसपछि उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेकी थिइन् ‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आप्mनो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आप्mनो राजकुमार पाएकी छिन् । जसले आप्mनो सपनाको विषयमा अन्य मानिसको धारणाभन्दा पर रहेर आप्mनो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

लामो समयसम्म नायक पल शाहसँग उनको प्रेम रहेको चर्चा चले पनि उनीहरुले भने यस कुरालाई अस्वीकार गर्दै आएका थिए । पल र आँचल दुवैले आफूहरु राम्रो साथी भएको बताएका थिए । आँचलको विवाहको छिनोफानोपछि पलले सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचललाई अनफलो गरेका थिए भने आँचलले पनि पललाई अनफलो गरेकी थिइन् । करिब एक वर्षअघि आँचलले आफ्नो प्रेमी उदिप श्रेष्ठ रहेको खुलाएकी थिइन् । रंगकर्मी मोडल तथा अभिनेत्री केनिपा सिंह पनि विवाह बन्धनमा बाधिएकी छिन् । साइँलीबाट फिल्ममा डेब्यु गरेकी केनिपा उक्त फिल्ममा अभिनेता दयाहाङ राईको अपोजिटमा देखिएकी थिइन् । उ नले माघ १५ गते सुलभ पहारीका साथ लगनगाँठो कसेकी हुन् । सुलभ चरित्र अभिनेता टीका पहारीका छोरा तथा अभिनेता गौरव पहारीका कान्छा भाइ हुन् । फिल्म साइँली, कबड्डी कबड्डी कबड्डी तथा कान्छीमा असिस्टेन्ट डिरेक्टरका रूपमा काम गरेका सुलभ मुम्बईमा फिल्म पढिरहेका छन् ।

अभिनेत्री रिश्मा गुरुङले पनि प्रेमी सन्दीप गुरुङका साथ गत फागुनमा विवाह गरेकी छिन् । कबड्डी खेलेसँगै चर्चामा आएकी रिश्माले पछिल्लो पटक कबड्डीको तेस्रो सिरिज कबड्डी कबड्डी कबड्डीमा सानो भूमिकामा देखिएकी थिइन् । फिल्म झुम्कीमा समेत अयिभनय गरेकी रिश्स्माले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छिन् ।

(कामना मासिकको ३१७ औं अंकबाट साभार)

https://kamana.newsofnepal.com/