स्याङ्जामा जैविक बिबिधताको लागि मौरी पालन

0
Shares

भूपराज बस्याल, स्याङ्जा

जैविक बिबिधता संरक्षणको लागि स्याङ्जा गल्याङ नगरपालिका (८ का गणेश प्रसाद अधिकारीले मैरी ब्यबसाय संचालक गर्नुभएको छ ।

मौरी ब्यबसायको लागि निकै प्रचलित अधिकारी लाई स्थानीय स्तरमा जयमौरी को नामले पनि चिनिन्छ । एक हजार आठ भन्दा बढी प्रकारका जडिबुटीसंगै मैरी ब्यबसाय गर्नु भएका उहाँले उत्पादित मह स्थानीय बजारमा पठाउदै आउनुभएको छ ।

सानैदेखि कृषि क्षेत्रमा रुचि राख्ने उहाँले अमृत शुद्ध मह नामको ब्रान्ड बाट बजारमा मह पठाउदै आउनुभएको छ । मह भन्दा पनि मौरी घारको ब्यबसायमा जोड दिनुभएको उहाँले स्थानीय सरकारको समन्वयमा मौरीका घार समेत बिक्री वितरण गर्दै आउनुभएको छ ।

लोकल र आधुनिक गरि हाल ६५ घारमा मौरी ब्यबसाय गर्दै आउनु भएका उहाँले गाउँमै बसेर यस्तो ब्यबसाय गर्नु भएको हो । म संगैका साथीहरू कति बिदेश जानूभयो कति यतै रोजगारी पाएनन् भन्दै हुनुहुन्छ तर काम गर्ने इच्छा शक्ति हुने हुने हो भने न त बिदेश जानुपर्ने रहेछ न बेरोजगार बस्नुपर्ने त्यसैले सबै युवालाई व्यावसायिक कृषि पेशा लाग्न उहाँको सुझाव छ ।

मौरी आफै तयार पार्ने भएपनि घार भने बाहिर बाट खरिद गर्दा खासै आम्दानी हुन नसकेको हुँदा आधुनिक घार समेत आफै निर्माण गर्ने योजना रहनु भएका उहाँले अहिलेसम्म खासै सरकारको सहयोग नपाएको गुनासो गर्नुभयो ।

युवा शक्ति बिदेश पालन हुन बाट रोक्न हाल युवाले गरेका कृषि क्षेत्रलाई सफल बनाउन सकियो भने यस बाट सबैले पाठ सिक्ने हुँदा हाल भएको कृषि क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ ।

मौरीसंगै सुकमेल, दलाचिनी, एबोगार्ड, ल्वाङ, कफि लगायतको ब्यबसाय गर्नुभएका अधिकारीले कहि कतैबाट सहयोगपाए ब्यबसाय अझ बढाउने योजनामा हुनुहुन्छ । हाल भैरहेको एक हजार आठ भन्दा धेरै जराबुटा बाट विभिन्न प्रकारको औसधि हुने हुँदा यी जराबुटा पहिचान गरि प्रशोधित गरि आयुर्वेद औसधि समेत बनाउने सोचाइ उहाँ हुनुहुन्छ ।