प्रदेश सरकारको बजेटप्रति सामुदायिक रेडियोहरु असन्तुष्ट

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्य मिडियामैत्री नभएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ (अको-याब) ले रोष व्यक्त गरेको छ । संघको मकवानपुर समन्वय समितिको बैठकपछि जारी विज्ञप्तिमा सामुदायिक रेडियोसहित अनलाइन, छापा र टेलिभिजनजस्ता माध्यमहरुको प्रवद्र्धनमा सरकारको ध्यान नगएको भन्दै विरोध गरिएको हो ।

संघ अध्यक्ष राजकुमार केसीद्वारा जारी विज्ञप्तिमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याइएको बजेट मिडियामैत्री नभएको, सञ्जार रजिष्ट्रारको कार्यालय स्थापना गरेर सात प्रदेशमध्ये अब्बल बन्न सफल भए पनि प्रदेश सरकारले सामुदायिक रेडियो, अनलाइन, टेलिभिजन र छापा माध्यमहरुको प्रवद्र्धन र सहकार्यका लागि ठोस योजना नल्याएको उल्लेख छ ।

बजेटबारे बहस भइरहेकाले संशोधन गरी गरी मिडिया क्षेत्रका लागिसमेत बजेट व्यबस्थापन गरी सामुदायिक रेडियो र साना लगानीका मिडिया प्रवद्र्धनका लागि ध्यान दिन अको¥याबले बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । बैठकले बन्दाबन्दीका बेला रेडियो सञ्चालन गर्दा भएको बिजुली र टेलिफोनको महसुल मिनाहा गर्न वा भुक्तानीमा सहयोग गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत् ऊर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

मकवानपुरका १० वटै स्थानीय सरकारसँग सामुदायिक रेडियो कार्यक्रमहरुसँग साझेदारी गर्न तयार रहेकाले नीति तथा कार्यक्रम तथा बजेटमै सामुदायिक कार्यक्रमहरु उल्लेख गर्न अको¥याबले माग गरेको छ । मकवानपुरमा सञ्चालित १६ मध्ये ८ वटा सामुदायिक रेडियो छन् । मुनाफारहित सामुदायिक हितका लागि सञ्चालित रेडियोले सामाजिक जिम्मेवारीवोध गरी भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने निर्णय पनि अको¥याब जिल्ला समन्वय समितिले गरेको छ ।