प्यूठानमा थप १८ जनामा कोरोना संक्रमण,कूल संक्रमितको संख्या ७३ पुग्यो

0
Shares

न्युज अफ नेपाल,प्यूठान ।

प्यूठानमा बुधबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या जम्मा ७३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौमा बुधबार गरिएको परीक्षणमा प्यूठानका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुवेदीले बताए । यसअघि जिल्लामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

बुधबार पुष्टि भएका संक्रमित सबै २२ देखि ४४ वर्षका पुरुष छन । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना छन् ।भारतका विभिन्न स्थानबाट आएर उनिहरु स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।