कोरोना परिक्षण ल्याब शून्यबाट २२ पुग्यो अझै विस्तार गरिने : स्वास्थ्य मन्त्रालय

0
Shares

  • भगवती तिमल्सिना,काठमाडौ

नेपालमा कोरोना संक्रमणको पहिलो केश पहिचान गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा सम्भव थिएन त्यसैले विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङमा लगेर परिक्षण गरिएको थियो । अहिले नेपालमै कोरोना संक्रमणको परिक्षणका लागि २२ वटा ल्याब विस्तार गरिएको छ ।

शुरुका दिनमा एउटा मात्र ल्याब त्यसमा पनि कोरोना परिक्षणको क्षमता सुन्य थियो । अहिले दिनको ५ देखि ६ हजारको हाराहारीमा आरटी पिसिआर परिक्षण २२ वटा ल्याबबाट भैरहेको र हुँदै नभएको अवस्थामा यति विस्तार हुनु राम्रो कुरा हो र अझ ल्याब विस्तार गर्नुपर्ने भएकाले अभियान शुरु भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो ।

हाल विद्यमान प्रयोगशालाहरु यसप्रकार रहेका छन् :

नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकू, वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कोशी अस्पताल, बिराटनग, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपन्छी रोग अन्वेषण पैयोगशाला, बिराटनगर, गजेन्द्रनाराण सिंह अस्पताल, राजविराज, सप्तरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर, नारायणी अस्पताल, बीरगंज, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकू, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला/राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशाला, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा, धुलिखेल अस्पताल धुलिखेल, काभ्रे, पाटन अस्पताल, ललितपुर, वीर अस्पताल, काठमाडौ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्दही, भेरी अस्पताल, नेपालगंज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, सुर्खेत प्रादेशिक अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र सेती प्रादेशिक अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी रहेका छन् ।

यतिबेला नेपालमा कोरोना संक्रमणले ७३ जिल्ला छोईसक्यो ल्याबको विस्तार १७ जिल्लामा भएको छ । सून्यबाट शुरुभएको कोरोना र ल्याबको गति कोरोनाले जित्दैछ । यसमा काठमाडौमा ४ वटा, ललितपुरमा १ र काभे्रमा १ ल्याब गरि ६ वटा काठमाडौ नजिकै छन् ।

त्यसैगरि पोखरामा २, बिराटनगरमा २ रहेका छन भने अन्य जिल्लामा १२ वटा ल्याब रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई हेर्दा ल्याब विस्तारसँगै दक्ष जनशक्ति पनि विस्तार गर्दै लैजानुपर्ने अवस्था रहेको बिज्ञहरुले बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले सूचना जनमानसमा सूचना दिन र लिनका लागि सहजताका लागि वेभसाईड, दुईवटा कलसेन्टर, भाईबर, मोबाई याप्स लगायत, सूचना संम्पे्रषणका लागि प्रवक्ता मार्फत देनिक ४ बजेर १५ मिनेट जाँदा मिडिया ब्रिफिङ गर्ने र आवश्यकता अनुसार ईमेल, टेलिफोन सम्पर्कमा पनि जानकारी गराउँदै आएको डा.गौतमले जानकारी गराउनुभयो ।