ताप्लेजुङमा पहिरोले विद्यालय बगायो

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ

मंगलबार रातिको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखावुमा एउटा विद्यालयको भवन बगाएको छ । पहिरोले स्थानीयका चौपाया पनि बगाएको छ भने करिब २० घरको मकैबाली बगाएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले जानकारी दिनु भयो ।

इखावु साविक १ रेञ्जीङ तामाङको घर छेउबाट सुरु भएको पहिरोले रानी आधारभूत विद्यालयको चार कोठे पक्की भवन बगाएको छ । खाजाघर र शौचालयसमेत बगाउँदा ६० जोडी डेस्कबेन्च, विद्यार्थीलाई खाजा पकाउने भाँडाकुँडा, थाल, बटुका लगायतका सबै सामान बगाएको छ ।

भक्तबहादुरको भान्साघर बगाउनुका साथै सुँगुर पहिरोले पुरेको छ भने फुलबहादुर तामाङको बाख्राको गोठ पुरेको पहिरो गएको ठाउँमा रहेका खतिवडाले जाकारीदिनुभयो । बेलुका ६ बजेदेखि यो ठाउँमा वर्षा भएको थियो ।