कोरोना भुलेर जुनेलीसंग साक्षात्कार…

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

लकडाउन खुकुलो भएसंगै उपत्यकाको जनजीवन खुल्दै गईरहेको छ । असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो हुने घोषणा गरेसंगै मानिसहरु दिउँसो मात्रै हैन राती पनि घर बाहिर टहलिन थालेका छन् ।

मन्दिरैमन्दिरको सुन्दर शहर काठमाडौं उपत्यका के दिन के रात सधैँ उस्तै मनमोहक देखिने गर्छ । लामो समय लकडाउनका कारण निसास्सिन पुगेका उपत्यकाबासीहरु यतिबेला आफूलाई बिस्तारै सामान्य जनजीवनमा फर्कने प्रयासमा छन् । जुनेली रातमा कोरोना बिर्सेर मानिसहरु जुनेली रातसंग साक्षात्कार गरिरहेका छन्।

यद्यपी नेपालमा कोरोना संक्रमण भने लगातार बढ्दै गईरहेका छ । मंगलबार मात्रै देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । जनजीवन सामान्य हुन थालेपनि कोरोना संक्रमणको डर भने अझै भयानक देखिएको छ ।

तस्वीर : उजोल डंगोल