आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशनः कसैको डर धम्कीसँग नडराइ काम गर्नुहोस


न्युज अफ नेपाल, काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीलाई कसैको डर धम्कीसँग नडराई काम गर्न निर्देशन दिनुभएको छ । निश्चिन्त भएर काम गर्न निर्देशन दिदै उहाँले काम गर्ने क्रममा खुट्टा नकमाउन पनि आग्रह गर्नुभयो ।

बरु बढी समय लिनुस् तर प्रतिवेदन पुर्ण बनाएर दिनुस् । पुर्ण भएन भने मन्त्रालयले एक्सन लिन सक्दैन’, मन्त्री अर्यालले भन्नुभयो । आयोगले नै सबै काम, प्रकृया पु¥याएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने उहाँले बताउनुभयो ।

अहिलेको विशेष अवस्थाको ख्याल गर्दै आएका निवेदनहरुलाई प्रकृया अगाडी बढाउन निर्देशन दिँदै उहाँले नयाँ निवेदन लिने कार्यका लागि व्यवस्थित रुपमा एक द्वार प्रणाली लागु गरेर काम गर्न आग्रह गर्नुभयो । अगाडी बढेका कामहरु टुंगो लगाएर अगाडी बढ्न मन्त्री अर्यालको निर्देशन थियो ।