न्युज अफ नेपाल, काठमाडौं ।
चीन–भारतका सेनाबीच लद्दाखमा भिडन्त हुँदा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको बीबीसीले उल्लेख गरेको छ ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको थियो । गलवान क्षेत्र भारत–चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको हो ।
लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो । त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन । पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरेपछि भारत र चीनवीच युद्ध हुन सक्ने अनुमान थियो ।
प्रतिक्रिया