४२० परिवारलाई राहतसामग्री वितरण


टंकराज अधिकारी, पोखरा ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड– १९)बाट प्रत्यक्ष रूपमा प्रभावित भई आर्थिक समस्यामा परेकालाई राहतसामग्री वितरण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ दाङ्सिङ स्थित बिरेठाटीमा आयोजित कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने करिव ४ सय २० बढ़ी विपन्न तथा असहाय परिवारलाई खाधान्न सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका-८ इकाई सभापति खगेन्द्र गौचन संयोजक रहि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी देवेन्द्र शेरचन, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डक़ीका अध्यक्ष सुरेन्द्र गुरुङकोपहलमा त्यस क्षेत्रमा राहत वितरण गरेको गरिएको हो ।

अन्नपूर्ण-८ एवं त्यस क्षेत्रबाट हाल जापान, कोरिया, हङकङ, अमेरिका, युके, काठमाडौं र पोखरामा बस्नु हुने विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू ३६ जना र अन्नपुर्ण गाउँपालिका कार्यालय कास्की सहित१२ वटा संघ सस्थाको सहयोगमा राहत प्याकेजको संयोजन गरी वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डक़ीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनु भयो ।

अन्नपूर्ण गाउँपालिका-८ का वडाध्यक्ष बिजय गुरुङको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा नेका कास्कीका उपसभापति आइबहादुर गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद सघका अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी देबेन्द्र शेरचन, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, युबा ब्यबसायी पुर्ण गुरुङ, जनजाति महासंघ कास्कीका अध्यक्ष आश बहादुर गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका इकाई अध्यक्ष मनपति भण्डारी, नेपाल कम्युनिस्ट पाटी दाङ्सिङका अध्यक्ष लिल बहादुर कुँवर लगाएतको उपस्थितिमा बिपन्न परिवारलाई खाध्यान्न सामाग्ग्री बितरण गरिएको थियो ।

कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीले गर्दा समस्यामा परेका आफ्नै गाउँका दाजुभाइ दिदिबहिनीहरूलाई थोरै भए पनि सहयोग गर्न पाउदा अत्यन्त ख़ुशी लागेको बताउदै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सहयोगी मनकारी मनहरूप्रति राहत संकलन कार्यमातल्लिनहरूको तर्फ़बाट आभार एवं धन्यवाद व्यक्त गरिएको थियो।

त्यस क्षेत्रका ४२० परिवारलाई प्रति परिवार २५ केजी चामल, १ लिटर तेल, १ केजी दाल, नुन लगायतका सामाग्री राहत स्वरुप वितरणगरिएको थियो  ।

सो अभियानमा अन्नपूर्ण गाउँपालिकाबाट मात्र ४० बोरा चामल, ८० लिटर तेल, ८० केजी दाल, ८० पोका नुन सहयोग गरिहेको थियो ।