समयमै मर्मत नगर्दा आगलागी


हेटौंडा, (नेस)
कैलाश गाउँपालिकाको प्रशासनिक भवनमा भएको आगलागी घटनालाई ‘सौर्य ऊर्जा प्रणाली समयमै मर्मत नगर्दाको परिणाम’ भनिएको छ । उक्त घटनापछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो ।

समितिले प्रत्यक्षदर्शीको बयान, सौर्य ऊर्जा जडानको प्राविधिक पक्ष, गाउँपालिकाको शाखागत विवरण संकलन, विभिन्न सरकारी तथा गैरसरकारी निकायको भनाइ, स्थलगत अनुगमन र अवलोकनपछि प्राप्त सूचना विश्लेषण गरी अन्तिम प्रतिवेदन गाउँपालिकालाई प्रस्तुत गरेको जनाएको छ ।

उक्त भवन २०७३ सालमा नेपाली सेनाले निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । प्रिफ्याबको १८ कोठे भवन आगलागी हुँदा सबै जलेर नष्ट भएको पालिका उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो ।