उत्तरगया गाउँपालिका कृषि क्षेत्रमा आत्म निर्भर बन्दै

0
Shares

  • सरस्वती न्यौपाने (रसुवा)

जिल्लाको उत्तरगया गाउँपालिका कृषि क्षेत्रमा आत्म निर्भर बन्दै गएको छ । सडक सन्जाल ले गाउँ गाउँमा अहिले सडक सन्जाल जोडिएपछि सहज भइदियो त्यसपछि कृषकहरुले खेती पातिमा अलि मिहेनत गर्न थाले र बोकेर हिड्नु नपर्ने परिआए बारीमा नै लिन आउने र आफुले पनि गाडीको माध्यमबाट बजार मा लगेर बेच्न पाउँने भयपछि यस क्षेत्रका किसानहरु खुसि भएका छन् ।

उत्तरगया गाउँपालिका ४ कुवापानी की विमला ढकालले २०५२ साल देखि व्यवसायिक रुपमा नै आलुखेती गर्दै आउनुभएको थियो भने हाल साग, पालुङगो, घिरौला, काँक्रो, लौका, गाँजर, बन्दा काउली, खेती गरिरहनु भएको छ । चार पाँच वर्ष पहिले सम्म बजार भाउ छैन बोकेर लानु पर्छ भरिया लगाएर बेच्न जाउ नाफा हुँदैन भनेर अन्यौल नै थियो जब साघियता कार्यान्वयन भएपछि जिल्लामा निर्वाचित जनप्रतिनिधी चुनिएपछि गाउँ—गाउँमा सडक सन्जाल जोडियो त्यसपछि आफुले गरेको व्यवसाय फष्टिने भो भनेर ढुक्क हुनुभयो ।

कृषक विमला ढकालले उत्पादन गरेको आलु र तरकारी कर्मीडाँडा पैरेवेसी बेत्रावति पु¥याउनु हुन्छ । उहाँले वार्षिक दुई लाख सम्म आम्दानी गर्नु हुँदोरहेछ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायीक तरकारी खेति गरिरहनु भएको छ । आफुलाई चाहिने विउ कोल्ड स्टोरमा राख्ने गरेको बताउनु उहाँ आफुले तरकारी खेती गर्दा गाउँमा कसैले गरेको थिएनन् ।

गाउँपालिका बनेपछि आलु जोन क्षेत्र घोषणा भएपछि उहिले उक्त क्षेत्रमा १० घर परिवारले तरकारी खेती सुरु गरेका छन् । यहिले आफुु ले तरकारी खेती गर्दा दई दिन लगाएर लाङबु, गोगने, तिरु, हाकु सम्म पुग्न पर्दथ्यो भने अहिले सहज नै छ ।

यस्तै उत्तरगया गाउँपालिका ४ पैरेवेशीकै सुमित्रा पौडेलले पाँच वर्ष देखि तरकारी खेतिमा लगिरहनु भएको उहाँ गाउँपालिका को कृषि शाखाले गएको वर्ष फर्सि, अनुदान दिएपछि उहाँलाई तालिममा समेत सहभागी गराई कृषिमा आएको समस्या समेत औल्याए पछि थप उर्जा मिल्यो ।

उत्तरगया गाउँपाकिा ४ कै अर्का कृषक राधिका ढकाल पनि मिहिनेती कृषक हुन् । यस गाउँपालिकाको पाँच वटै वडामा सम्भावनाको आधारमा पकेट क्षेत्र घोषणा गरेपछि स्थानिय स्तरमा कृषि उत्पादन बढाउदै तरकारी र आलु विग्रने समस्यालाई मध्यनजर गरी वडा वडामा तरकारी संकलन केन्द्र स्थपना गरिएको छ ।

पाँच गाउँपालिकाहरु मध्ये भौगोलिक विकट र दुर्गम गाउँपालिकामा सडक सन्जाल जोडिएको थिएन् । कति पय ठाउँहरुमा फोन गर्ने अवस्था र नेटवर्क समेत हुदैन थियो । सदरमुकाम अवस्थित कृषि सेवा केन्द्रमा पुग्न कठिन थियो । साविकको जिल्ला कृषि विकास कार्यालय र कृषि सेवा केन्द्र भनेर नजान्ने कृषक समेत थिए ।

अहिले स्थानिय सरकार बनिसकेपछि कृषि प्राविधिक मार्फत सेवा सुविधा र कृषिको पुराना प्रविधिलाई टुटाउदै लगिएको छ । मकै छोडाउने र खेत जोतने कृषि औजार प्रयोग गर्ने कृषक संख्या अहिले बढेको बताइएको छ ।
उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालका अनुसार व्यवसायी रुपमा हुने कृषि तथा पशुपालन र फलफुल खेतिमा बजेट विनियोजन गरिएको छ ।

आलु रोप्ने समयमा आलुको विउ, विभिन्न प्रजातिका तरकारीका विउ, धानको विउ, र विषादी समेत वितरण हुन्छ । आलु स्टोरमा राखे बापत ढुवानी खर्च पालिकाले व्यहोर्छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ रसुवाका प्रमुख दिपक अधिकारी ले यस जिल्लामा ६५ कृषक लाई १० हजार केजी आलुको विउ उपलब्ध गराउनु भएको बताउनु भयो ।

आलुजोन कार्यक्रम अन्र्गत कार्यालयले जिल्लामा नयाँ प्रकारको विउ बाहिरबाट ल्याएर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । भौगोलिक रुपमा फरक किसीमको हावापानी भएको रसुवामा पालिका स्तरीय आलुको जात बारे अनुसन्धान आवश्यकता रहेको कृषकहरुको माग रहेको छ ।

हिमाली जिल्लाले परिचित रसुवाको विभिन्न भागहँरुमा अन्यबाली को तुलनामा आलुको बढी उत्पदान बढी हुने भएकाले यसलाई नगदेवालीको रुपमा लिन सकिन्छ । लकडाउन भएपछि जिल्लाको १६ ठाउँहरुमा आलुको विउ उत्पाद सुरु भएको छ ।

भने हाल जिल्लामा दुई हजार पाँच सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । माथिल्लो भेग गोल्जुङ, गत्लाङ, थुमन सदरमुकाम धुन्चे लगाएतका क्षेत्र एकपटक मात्र आलु हुन्छ भने दक्षिण भेग कालिका स्थान लगाएत तल्लो भेगहरुमा हिउदे र बर्खे गरी दई समयमा आलु खेती हुने गर्छ । आलु जोनले यस वर्ष पाँच सय हेक्टरमा आलुको विउ उत्पादन गर्ने तयारी समेत गरेको थियो ।