कालिकोटका २५ जना कोरोना जितेर घर फर्के



  • कालीबहादुर मल्ल,कालिकोट 

यस जिल्लामा कोरोना संक्रमणको पुष्टि भएका २५ जना आइतबार डिस्चार्ज भएका छन् । भारतका विभिन्न ठाउँबाट आएका उनीहरुमा जेठ ९ गते पिसिआरमा पोजटिभ देखिएपछि जिल्ला सदरमुकाम स्थित एकिकृत भवनको आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा वसेका २९ जनाको पुन पिसिआर परिक्षण गर्दा २५ जनाको नेगेटिभ र चार जनाको पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी गराउनु भएको छ ।

कोरोना जितेर घर फर्कनेहरुमा खाँडाचक्र नगरपालिकाका दुइ, तिलागुफा नपाका एक,शुभकालिका गाउँपालिकाका १२, पलाताका एक, महावैका ८ जना र वाजुरा जिल्लाका एक जना गरी जम्मा २५ रहनु भएको छ ।

कोरोना संक्रमित भई पोजेटिभ देखिएर अस्पतालबाट विदाई हुँदै महावै गाउँपालिका २ का पर्ने सुनारले आफुलाई कोरोना लागेको महुशनै नभएको बताउनु भएको छ । कालिकोट जिल्लामा अव कोरोना संक्रमति चारजना मात्रै छन् भने २ हजार ८० जना भारतबाट आएर कोरेन्टिनमा वसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्