नेलम्बो नेपालद्वारा गाँउपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग



  • टंकराज अधिकारी, पोखरा

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमलाई मध्यनजर गर्दै नेलम्बो नेपाल, कास्कीले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाईरसकोे रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा बिगत ३ बर्ष देखि काम गर्दै आएकोे नेलम्बो नेपालले अन्नपूर्ण गाँउपालिका कास्कीमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवँर, गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अधिकारी र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषीराम पौडेललार्ई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन्।

नेलम्बो नेपाललले गाँउपालिकालाई पी.पी.ई ५ सेट, थर्म गन ६ पिस, सर्जिकल गोल्ब्स सानो ठूलो १०÷१० प्याकेट, स्यानिटाईजर आधा लिटर वाला ६ बोटल र ५ लिटरको ६ ग्यालिन, के एन ९५ मास्क १०० पिस, सर्जिकल मास्क १ हजार पिस, गमबुट ५ जोडी, बेटरी, हातधुने साबुन लगाएतका करीव १ लाख ३० हजार रुपैया वरावरका सामाग्री हस्तान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषीराम पौडेलले जानकारी दिनु भयोे ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले नेलम्बो नेपालको सहयोग प्रति आभार एवं प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो । यस बिषम परिस्थितीमा यस सुरक्षा समाग्रीले राहत पुगेको छ, आवश्यकताका आधारमा यसको सदुपयोग गरिने उहाँको भनाई रहेको थियो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बिगतका बर्षदेखि स्वास्थ्य र शिक्षामा गाउँपालिकासँग सहकार्य गर्न पाएकोमा गर्व महशुष गर्दै कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिममा पनि संस्थाको तर्फबाट यस महामारीलाई रोकथाम र नियन्त्रणमा केहि हदसम्म सहयोग पुर्याउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो । आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्