कोरोना परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको शब जर्बजस्ती उठाएर दाहसंस्कार



  • न्युज अफ नेपाल,पर्वत

कोरोना संक्रमणको परिक्षणका लागि पर्वत अस्पतालको शबगृहमा राखिएको शव आफन्तले जर्बजस्ती उठाएर आइतबार दिउँसो दाहसंस्कार गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका ४ कुस्माबजारकै पदमबहादुर परियारको शव आफन्तले शबगृहबाट जर्बजस्त उठाएर दाहसंस्कार गरेका हुन ।

गम्भीर बिरामी भएका परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परिक्षण गर्न अस्पतालको मुर्दाघरमा राखिएको थियो । तर आफन्तले भने आइतबार दिउँसो सम्म परिक्षणको रिर्पोट नआएको भन्दै अस्पतालको शबगृहबाट ढोका फोडेर जर्बजस्त रुपमा शब दाहसंस्कारका लागि लगेको अस्पतालले जनाएको छ ।

आफन्तले आफन्तले जर्बजस्त शब उठाएपछि जिल्लामा खैलाबैला नै मच्चिएको छ । पर्वत अस्पतालका प्रमुख डा। शिशिर देवकोटाले मुर्दाघरको ढोका जवरजस्ती फुटाएर शव आफन्तले लगेको जानकारी दिनुभयो । कोरोना परिक्षणको रिपोर्ट आउने बेला सम्म पर्खिन अनुरोध गर्दा गर्दै आफन्तले ढोका फुटाएर शव लगेको डा. देवकोटाले जानकारी दिनुभयो ।

डा। देवकोटाका अनुसार मृतक परियारको आकस्मिक मृत्यु भएका कारण कोरोना परिक्षण गर्नु अनिवार्य छ । त्यसका लागि शनिबार नै स्वाव संकलन गरि पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्न पठाईएको थियो । आज दिउँसो ४ बजेसम्म रिपोर्ट आउने प्रतिक्षामा डाक्टरहरु थिए ।

हिजो अस्पतालमा शव ल्याउन समेत नमानेको र ल्याएपछि पनि आफन्तले तोडफोड गरेका छन । शनिबार पनि मृतकका आफन्तले अस्पतालका कुर्सी तोडफोड गर्न थालेपछि जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलको उपस्थितिमा सहमति कायम गरेर श्वाब संकलन गरि परिक्षण गर्न पठाइएको थियो ।

मृतक परियार बिगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो । मृतकका छोरा बिजय परियारका अनुसार उहाँलाई जेठ २४ देखि २८ गते सम्म पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरि घर ल्याईएको थियो । हिजो स्वास्थ्यमा पुनः समस्या आएपछि पर्वत अस्पतालमा ल्याईएको र यहाँबाट थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरा पठाईएको थियो ।

अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको छोरा बिजयले जानकारी दिनुभएको छ । पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत कुश्मा नगरपालिका ३ का एक जना संक्रमित समेत देखिएको हुनाले मृतक परियारमा पनि कोरोना संक्रमण हुन सक्ने आशंका स्वास्थ्यकर्मीले ब्यक्त गरेका छन ।

तर, घर परिवार भने मृतक पदमवहादुरमा कोरोनाको कुनै आशंका नरहेको जिद्धि गर्दै आईरहेका छन् । स्थानीयले भने वडाध्यक्षको रोहवरमा शव बुझेर दाहसंस्कारमा लगिएको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्