एसएसपी भण्डारीद्वारा महिला प्रहरीहरुको मनोबल बढाउन अन्तरक्रिया



  • न्युन अफ नेपाल,सिन्धुली

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले यस केन्द्रमा नियमित रुपमा संचालन गर्दै आएको लैङगिक संवेदनशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१ गते सम्पन्न भयो ।

यस केन्द्रमा नियमित रुपमा संचालन गर्दै आएको लैङगिक संवेदनशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस केन्द्रका प्रमुख (एसएसपी) भण्डारीको प्रमुख आतिथ्यता एवं यस केन्द्रमा कार्यरत प्रा.प्र.नि. डा. रमा बिष्टबाट सहजीकरण गरिएको उक्त कार्यक्रममा यस केन्द्रमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारी तथा तालिमरत महिला प्रशिक्षार्थीहरुसंग छलफल तथा कोभिड९१९ को संक्रमणबाट बच्नरबचाउन तालुक कार्यालयहरुबाट भएका आदेश निर्देशनहरु, यस केन्द्रबाट तयार गरिएका कार्य योजनाहरुको पालना तथा उक्त महारामारीको कारणबाट सिर्जना भएको समस्या एवं चुनौतीहरुको समाधान गर्न चाल्नु पर्ने कदमहरुको बारेमा छलफल गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख ९एसएसपी० भण्डारीले महिला प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुसंगको अन्तरक्रियाका क्रममा राखिएका जिज्ञासाहरुको जवाफ दिंदै यस केन्द्रमा महिला प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुको समस्याहरु तत्काल समाधान गर्ने गरिएको, पीर मर्का, स्वास्थ्य तथा मनोविज्ञान सम्बन्धी परामर्श अधिकतम रुपमा दिने गरिएको, महिला मैत्री वातावरण बनाईएको र आगामी दिनहरुमा समेत यस्ता क्रियाकलापलाई निरन्तरता दिने कुरा उल्लेख गर्दै महिला भएकै कारण कुनै समस्या परेमा उक्त समस्याहरु लिखित रुपमा सुझाव पेटिकामा राख्न, महिला कमाण्डर मार्फत वा सिधै आफूमा प्रतिवेदन गर्न समेत खुल्ला रहेको  बताए ।

प्रतिक्रिया दिनुहोस्