दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको निधन



  • यमलाल भुसाल,बुटवल

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा कार दुर्घटना परि निधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो गाडी बर्दघाटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताउनुभएको छ ।

शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । स्कारर्पियो  बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्