आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ५७६० पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमण नेपालका ७३ जिल्लामा फैलिएको छ ।यस्तै, हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् जसमध्ये पुरुष ८७७ र महिला ९७ रहेका छन् ।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको बढ्दै गएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या ५७६० पुगेको छ । यस्तै आज कोरोना संक्रमणका कारण थप एक मृत्यु भएको छ ।