बुवाको मृत्यु,आमा अर्कैसंग गएपछि बिचल्लीमा परेकी अशक्त किशोरीको सेनाद्वारा उद्धार



  • यमलाल भुसाल,बुटवल

सुन्दा पनि दुख लाग्ने, बुवाको मृत्यु भएपछि आमा अर्कैसंग जाँदा सन्तानको अवस्था के हुन्छ त्यस्तै भएकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यती मात्र कहाँ हो र प्यारालाइसिस रोगवाट ग्रसित भएर शरिरको कम्मर भन्दा तल्लो भाग नचल्ने ति किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ ।

कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भै बुवा आमासंग भारतको हरियानामा रहेकी वर्ष १६ की सीता भुललाई नेपाली सेनाको गरुडदल गण बुटवलले सीमा नाका बेलहियावाट उदार गरि नीजको घर पठाएको छ ।

यही जेठ २९ गते सीमानाका बेलहिया आएकी ती किशोरीलाई नेपाली सेनाको गाडीवाट नेपाली सेनाको भैरहवामा रहेको प्रतिमानिमा कलेजको होल्डीङ एरियामा राखिएको थियो । होल्डीङ क्षेत्रवाट नेपाल रेडक्रस सोशाईटी र युनिसेफ नेपालको समन्वयमा एम्बुलेन्स खोजी ती किशोरीलाई कैलाली जिल्लाको घर पठाईएको नेपाली सेनाले जनाएको छ ।

बुवाआमा संग भारतमा बस्दै आएकी ती किशोरीका बुवाको मृत्य भएपछि आमा अर्कैसंग पोइल गएकीले वाध्य भएर कम उम्मेरमै सीताले रोजगारी गर्नु परेको थियो । रोजगारीका शिलशिलामा उनलाई प्यारालासिस भएको र साहुले जागिरवाट निकाली दिएको उनले उद्धारमा संग्लन नेपाली सेनालाई बताएकी थिईन ।

कोरोना माहामारीको समयमा लकडाउनले गदा ४ महिना देखि प्यारालासिस रोगवाट ग्रसित भएकी ती किशोरीको अवस्था देख्दा र उनको कुरा सुन्दा जोकोहीको पनि आँखा नरसाउने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस्