दुई सय ५० वर्ष पुरानो गुमनाम मल्लकालिन मन्दिर र दरबारको भग्नावशेष खोजीको बिषय ओझेलमा



  • सरस्वती न्यौपाने,रसुवा

जिल्लाको आमाछोदिङमो गाउँपालिकाको गोल्जुङवेशीमा अवस्थित अहिले सम्म गुमनाम रहेको दुर्य सय ५० वर्ष पुरानो पुरातात्विक एवम् मल्लकालिन मन्दिर र दरबारको भग्नावशेषको इतिहास र महत्व कसैलाई जानकारी र खोजि नितिको विषय बनेको छैन ।

आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङ निवासी एवम एक होनाहार समाजसेवीका साथै थाम्वुचेत स्थित हिमालयन ईङलिस स्कुलको सन्चालक समेत रहेका बालकृष्ण श्रेष्ठका अनुसार सो स्थानमा पिपलको रुखमुनि नारायणको मुर्ति रहको छ । त्यहाँ नेवारको बस्ती रहेको अनुमान लगाउन सकिन्छ । पाटनको अन्तिम राजा जय प्रकाश मल्ललाई पृथ्वी नारायण शाहले हरापछि उनका उतराधिकारी आफ्नो केही जनतालाई लिएर ज्यान जोगाउदै रसुवाको गोल्जुङवेशीमा राज्य खडा गर्न आएको र सात पुस्ता देखिनै यस ठाउँमा बसोवास गर्दै आउनु भएका उहाँ वालकृण्ण श्रेष्ठका पुर्खा मल्ल राजाहरू सङ्गै आएका रहेछन । पृथ्वीनारायण शाहाले आक्रमण गरि राजालाई मारेपछि भागेर फेरि पाटन गएको र फेरि नै परिस्थिति सुध्रेपछि गोल्जुङवेसि आएर वसेको पनि ईतिहासमा रहेको छ।

यहाँका बुढापाकाहरुको भानाई अनुसार दई भाई राजा थिए । एक भाई गाल्जुङवेशी भन्दा करिव ३ किलोमिटर दुरीमा पर्ने जोङघाङ भन्ने डाडामा दरबार बनाएर बसेका थिए । स्थानिय भाषामा जोङ भनेको दरबार हो घाङ भनेको डाडा हो । त्यसैले दरबार डाँडा भनेर चिनिन्छ ।

समय नवित्दै पृथ्वी नारायण शाहले उपत्यकाबाट भागेर आइ राज्य खडा गरेको थाहा पाइ पुनः आक्रमण गरी दुबै भाई राजालाई मारेर भए भरको सम्पति लुटेर लगेको धेरै नेवारहरुलाई सम्हार गरेको भन्ने भनाई रहेको छ । लुकेर राज्य गरेको हुँदा राजाहरुले आफ्नो बास्तविक नाम लुकाएर गोल्जुङबेशीमा राजहरुले आफ्नो नाम लुकाएर आफ्नो नाम गुल्म राजा र जोङघाङको राजाले उम राजा राखेको तर आफुलाई मल्ल राजा भनि परिचय नदिएको अवस्था रहेको थियो ।

यहाँ पाटनबाट श्रेष्ठ, कायश्थ जोशी, प्रधान, आदी घरका नेवार रहेका छन भने ति राजाले आफ्नो कुल पुजा गर्न नारायण भगवानको मुर्ति स्थापना गरेको भाई रहेको छ । उति बेला दुई भाईलाई यस गोल्जुङवेशीमा रहेपछि सुरक्षित रहने जस्तो लागेपछि त्यही दरबार बनाएर बसेपछि आफ्नो कुल धर्म छोड्न हुदैन भनेर नारायणको मुर्ति स्थापना गरेर पुजा पाठ गर्ने गरेको र यस ठाउँमा राज गरेको भन्ने इतिहासमा उल्लृेख गरिएको छ ।

१९९० सालको भइचालो ले दरबार र मन्दिर भत्किएपछि कसैलाई चासो भएन खोजी निति सम्म पनि भएन दरबार भएको जग्गाहरु व्यक्तिको नाममा ल्यइसक्यो भन्ने सुनिन्छ र मन्दिर घलेराजाको दरबार भनिसकेपछि यस्तो ऐतिहासिक पुरातात्विक आस्थाको धरोहर लोप हुने भनेर प्रचारको लागी समाजसेवी श्रेष्ठले बताउनुभयो ।

इतिहासमा करिव २ सय ५० वर्ष पुरानो रहेको खण्डहर बनिरहेको दरबार र मन्दिर लाई जोगाउन पाए पुर्खाहरुको आत्माले शान्ति पाउनेछ । यस ठाउँलाई केन्द्र लगाएत प्रदेश लगाएत स्थानिय सरकारले मरिमेटेरै लागी पर्नु पर्ने देखिन्छ । यस ठाउँ पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने ठाउँ हो यस ठाउँमा आन्तरिक तथा बाह्रय पर्यटकहरुको ओइरो लाग्ने ठाउँ भएकोले चाडै भन्दा चाडै यसलाई सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यस ठाउँमा राजधानी काठमाण्डौबाट सानो तथा ठुलो गाडीमा सजिलै एकदिनमा नै पुग्न सकिन्छ । पुर्खाको धरोहर रहेको यस्ता ठाउँहरु पहिचान गरी संरक्षण गरेर अडाडी बढ्ने हो भने हामी बच्छौ र हाम्रो धर्म संस्कृतिहरु समेत मर्दैन र मर्न समेत दिनु हुदैन ।

यो ठाउँ एकदमै गुमनाम छ । कमभन्दा कम मानिसहरुलाई थाहा छ । उचित प्रचार—प्रसार को अभावमा ओझेलमा रहेको यस नारायण मन्दिर र दरबारको संरक्षण गरेर आफ्नो सास्कृति जोगाउन सबै क्षेत्रहरु बाट लागी पर्नु जरुरी छ । हाम्रा शन्ततीहरुले समेत देख्न पाउन भन्नका लागी यस क्षेत्रको संरक्षण हुनु जरुरी छ । हाम्रो संस्कार संस्कृति हराए हामी हराउछौँ त्यसैले आस्थाको धरोहर हारउन र मासिन दिनु हुँदैन ।

यस्तो गुमनाम रहेका ठाउँहरु जिल्ला भित्र के के छन खोजी गरि संरक्षण र संम्बद्र्धन गरी प्राचार गर्न जरुरी रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो । हामी नेपालीहरुलाई हाम्रो संस्कृति संस्कार रहन सहन भेषभुषाहरुले चिनाएको छ । यस्तै आस्थावान चीजहरुले गर्दा नेपाल भनेर चिनिएको छ ।

जिल्ला भित्रपनि यस्तै इतिहास बोकेको आस्थाको धरोहरहरुलाई जिवन्त राख्न जरुरी देखिन्छ । आजको युगमा आधुनिक र मोडन युगले गर्दा केही होइन भन्ने मानसिकता छ त्यसले गर्दा हाम्रो पहिचानहरु खेर गइरहेका छन् । जिल्ला भित्र यस्ता कयौ इतिहास बोकेका आस्थावान हेर्न लायकका ठाउँहरु धेरै छन पैल्याएर संरक्षण गर्नु पर्छ ।

हाम्रो इतिहास मेटिदैन गए हामी मेटिदै जान्छौ हाम्रो अस्तित्व मेटिन नदिन यस्तै यस्तै आस्थावान चिजहरु लाई जिवन्त राख्नुपर्दछ । उतिबेलाको मल्लकालिन दरबार थियो अहिले भग्नावशेष मात्र रहेको छ र गणेश मन्दिर तथा भिमशेनको मन्दिर रहेको छ । नारायणको मन्दिर लगाएत नागको थान समेत रहेको त्यस पवित्र भुमलाई संरक्षण र सम्बद्र्धन गर्न स्थानिय सरकारको खाचोको विषय रहेको छ ।

स्थानिय बालकृष्ण श्रेष्ठको बुबाको पाला देखि चिलिमेमा बसोबास रहदै जन्मस्थान नै यही ठाउँमा उहाँहरुको रहेकाले नेवार बस्ती रहेको ठाउँ यस्ता नेवारी देवता मल्लहरुले राज्य गरेको ठाउँ भएका कारण बाल कृष्ण श्रेष्ठले सबै कुरा बताउनु भएपछि र अब खोजि निति गरेपछि थप रहस्यमय कुराहरु बाहिर ल्याउन सकिन्छ ।

रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जिव अमात्यले आफ्नो पनि सक्दो यस ठाउँको लागी सक्दो सहयोग गर्ने बताउनु भएकोछ । सबै माझ पहल गरेर व्यापक रुपमा प्रचारका लागी अगाडी बढ्ने बताउनु भयो । आफ्नो धर्म संस्कार रितिरिवाज लाई जिवन्त राख्न र यस्ता ठाउँ जिल्लामा कहाँ कहाँ छ खोजी गरी आफ्नो संस्कृति जोगाउन मरिमेटेर लागी पर्न अध्यक्ष अमात्यको भनाई रहेको छ ।

रसुवाको माथिल्लो भेगमा पर्ने यस ठाउँमा काठमाण्डौबाट सजिलै सात—आठ घण्टा मा गाडीमा पुग्न सकिन्छ । खाना—बस्न पाइने भउकाले आरामदायी यात्रा गर्न सकिन्छ । यस ठाउँ वरिपरि नेवारबस्ती रहेको भन्ने कथन छ विशेष गरी जोशीहरु को गाउँ नै थियो र विशेष रुपमा यहाँ नेवारी परम्पराको पुजा—पाठ मन्दिर समेत रहेको ठाउँ भएकाले उनु जरुरी छ ।

ऐतिहासिक, धार्मिक भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पर्यटकिय हिसावले पनि यहाँका प्राकृतिक सौन्दर्य वन कार्यालय अन्र्गत पर्ने ठाउँ भाषा संस्कृतिहरु पनि त्यती नै महत्व पुर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्