नवलपरासीको आईसोलेशनमा भेन्टिलेटरको अभाव

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयमा रहेको आईसोलेशनमा भेन्टिलेटरको अभाव भएको छ ।

चिकित्सालयमा आईसियु तथा भेन्टिलेटरको अभाव हुँदा कुनै पनि विरामीलाई समस्या आउने वित्तिकै कहां लैजाने भन्ने स्थिती पैदा भएको यसका संचालकहरु बताउछन ।

जिल्लाका विभिन्न भागबाट पठाईएका २५ जना कोरोना संक्रमितहरुलाई उपचारर्थ राखिएको यस चिकित्सालयको आईसोलेशनमा १ सय सुविधा सम्पन्न वेड रहेको छ ।

समुदाय स्तरबाट संचालित यस चिकित्सालयमा कोभिड १९ रोक थाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत २ जना चिकित्सक सहित २५ जनाले सेवा दिईरहेकाछन् ।

मध्यविन्दु जिल्ला अस्पताल र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रमा गरी ८ ओटा आईसोलेशन बेड रहेको पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या बढ्दै जांदा प्राकृतिक चिकित्सालयले भरपर्दो आइसोलेशनको विकल्प दिएको हो ।

प्राकृतिक चिकित्सा पद्धतीमा ८० जना विरामीले भर्ना भई उपचार सेवा लिईरहेको यस चिकित्सालयमा कोरोनाको जोखिम बढेसंगै क्रोनिक प्रकृतिका दीर्घ रोगीहरु घर फर्किएका थिए ।

करिव १० विगाहा क्षेत्रफलमा सुविधा सम्पन्न भवन र भौतिक पूर्वाधार सहित संचालित यस चिकित्सालयलाई जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय पालिकाको अनुरोधमा यहांको ब्यवस्थापनले आईसोलेशन संचालनार्थ अनुमति दिएको थियो ।

यस चिकित्सालयमा आईसोलेशन वनाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले अनुगमन गरी उपयुक्त ठहर गरे पछि यहां कोभिड १९ पोजेटिभहरुलाई भर्ना गरी उपचार थालिएको हो ।

चिकित्सालयमा हाल अभाव देखिएको अत्यावश्यक भेन्टिलेटर र आईसियु सुविधाका लागि संघीय सरकार या स्वदेशी तथा विदेशी दातृ निकायले सहयोग गरेमा यहां रहेका विरामीलाई सहज हुने ब्यवस्थापक हरी प्रसाद सापकोटा बताउनु हुन्छ ।

भारतसंग सिमा जोडिएको यस जिल्लामा विदेशबाट आउने कतिपयमा कोभिड १९ देखिए पछि विकट पहाडी तथा तराईका कोरोना संक्रमितलाई यहां राखिएको छ ।

गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु जिल्ला अस्पताल र यहांका सवै स्थानीय निकायहरुको सहयोग रहेको यस चिकित्सालयलाई प्राकृतिक तथा प्यारामेडिक दुवै प्रकारले सुविधायुक्त बनाउनु आवश्यक देखिन्छ ।

चिकित्सालय ब्यवस्थापन समितिका सचिव प्रदीप राज घिमिरेले समुदाय स्तरबाट स्थापित यस अस्पतालमा हालको महामारी बाट बच्न आईपरे करिव ४ सय वेड सुविधाको आईसोलेशन बनाउन सकिने बताउनु भयो ।
कोरोना संक्रमणका विरामी बढ्दै जादा नजिकको भरतपुर तथा प्रदेशकै कोरोना अस्पताल पोखराले थेग्न नसकेका विरामी यस चिकित्सालयमा राख्नु पर्ने स्थिति बन्दै गएको छ ।

कोभिड १९ को विश्वब्यापी लक्षण विरामीमा देखिने स्वास प्रस्वासको समस्या संगै जटिल अवस्थामा विरामी पुगी हालेमा आईसीयु र भेन्टिलेटरकै अभावमा विरामीको ज्यान नजाओस भनि सार्वजनिक सहयोगको अपेक्षा गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि दशौं अर्व खर्चि सकेको राज्यले समुदायबाट संचालित यस चिकित्सालयको आवश्यकतालाई वेलैमा सम्वोधन गरि दिए जनताको हितमा सह्रानीय कार्य हुने स्थानीयहरु बताउछन् ।

चिकित्सालय ब्यवस्थापनले भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापनार्थ र विरामी उपचारका लागि हालै स्थानीय कृषि विकाश बैंकमा खाता खोली कोष स्थापना गरेको छ ।

एडीबि, रजहर शाखामा खोलिएको ०४१५१००६३०६०००३० नम्वर खातामा चिकित्सालयको विकास र कोरोना विरामीको उपचारार्थ आर्थिक सहयोग गर्न सकिने बताईएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय बाट कोभिड १९ अस्थाई अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको यस चिकित्सालय जिल्लाकै पायक स्थानमा रहेको छ ।

कोरोना अस्थाई अस्पतालमा विकसित यस चिकितसालयमा आईसोलेशन वार्ड विस्तार र विरामी उपचारर्थ जिसस नवलपुरले ४० लाख तथा जिल्लाका ८ स्थानीय तहले २० लाख रुपैयां उपलब्ध गराउने भएकाछन् ।

अस्पताललाई आवश्य औषधोपचार सामाग्री र १ चिकित्सक सहित केही स्वास्थ्यकर्मी जिल्ला अस्पताल नवलपुर, स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले उपलब्ध गराउदै आएको छ ।

देवचुली नगरपालिका १६ रजहरमा २०६४ सालमा आम सर्वसाधरणले धनधान्यचल गरी देशकै मध्य क्षेत्रमा स्थापित यस सामुदायिक प्राकृतिक चिकित्सालय समग्र राष्टकै गौरव रहेको छ ।