लकडाउनको मोडालिटी परिवर्तनबारे भोलि निर्णय हुने

0
Shares

  • न्युज अप नेपाल,काठमाडौँ

करिब ३ महिनादेखि लगातार जारी लकडाउनको मोडालिटी परिवर्तनबारे भोलि मन्त्रीपरिषदले टुंगो लगाउने भएको छ ।आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलि दुई बजे बस्ने र उक्त बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने बताईएको छ। ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ।

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।