नेपालमै पहिलो आईएसओ मान्यता प्राप्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं।

सरकारले गुणस्तरमा सुधार गरे अन्तर्राष्ट्रले मूल्यांकन गर्छ भन्ने कुराको प्रमाण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको छ । पछिल्लो समय विश्वमा नै कोरोना संक्रमणले मानव अस्तित्वनै जोखिमा पारिरहेको बेला नेपालको एउटै मात्र राष्ट्रिय प्रयोगशाला टेकूले ल्याब सुधार गरेर कोरोना परिक्षणमा विश्वास जितेकै कारण अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।

कोरोना संक्रमणका कारण लकडाउन भएकाले नेपालमै पहिलो गुणस्तर मापन आईएसओ प्राप्त गर्ने सरकारी निकायको पहिलो संस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वास्थ्य सेवा विभागमा औपचारिकता पुरा गरिे मंगलबार प्रमाणपत्र उपलब्ध गराईयो ।

आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई साक्षी राख्दै विभागमा प्रयोगशालाका निर्देशक डा.रुणा झालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।