रुपन्देही हत्याकाण्डको छानविनका लागि समिति गठन

0
Shares

  • यमलाल भुसाल,बुटवल

रुपन्देहीमा सोमवार राती ५ जनाको बन्चरो प्रहार गरि सामुहिक हत्या गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा रहेको गाई फर्ममा घटना भएको हो । स्थानीय तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएकाहरुमा फर्ममा काम गर्ने सैनामैना नगरपालिका ५ का ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, फर्मका संचालकले पालेका १ि४ वर्षिय पोषराज मुसहर, र तिलोत्तमा नगरपालिका १० का १६ वर्षिय करन चौधरी र १५ वर्षिय आशिष चौधरी रहेका छन् ।

एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताउनु भयो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताउनु भयो ।

हत्यामा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सरखेत घर भएका झपेन्द्र सिंजालीलाई नियन्त्रणमा लिइएको ५ नम्बर प्रैहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो । घटनाको वारमा थप अनुसंन्धान गर्न ५ नम्बर प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता राजकुमार वैदवारको संयोजकत्वमा दंगा प्रहरी गणका प्रमुख विकास राज खनाल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतिक राठौर सदस्य रहेको छानविन समिति गठन गरिएको छ ।

छाविन समितिका संयोजक वैदवारले २४ घण्टा भित्र घटनाको एथाथता वाहिर ल्याउने बताउनु भयो ।हिंसात्मक घटनाको छानविन गरी दोषीलाई कारवाही र पीडितलाई राहत प्रदान गर्न दलहरुको माग यसैबिच हिंसात्मक घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न र पीडितलाई राहात दिन नेकपा र नेपाली काँग्रेसले माग गरेका छन ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार स्थित मैनहवामा सोमबार राती स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जनमा कामदारको विभत्स हत्या भएको घटना प्रति नेपाली काँग्रेसका संघीय सांसद बालकृष्ण खाँणले दुःख ब्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका अपराधिक घटनाले आमनागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।

देशमा एक पछि अर्को सामूहिक हत्याहरु श्रृंखलाबद्ध रुपमा भईरहंदा आम नागरिकहरुले असुरक्षित महशुस गरिरहेका छन् भन्दै सांसद खाँणले वर्तममान सरकारले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उल्लेख गर्नुभएको छ । सांसद खाँणले विज्ञप्ति मार्फत आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छिबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।

सांसद खाँणले घटनामा ज्यान गुमाउने सबै ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिका वडा नम्बर १० मंैनहियामा पाँचजना व्यक्तिको ज्यान जानेगरी घएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारवाही र पीडित परिवारलाई राहतको माग गरिएको छ । नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिएको छ ।