कोराना सम्बन्धी तथ्यांक हटाइयो

0
Shares

रियो डि जेनेरो,एजेन्सी ।

कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका लागि भएका पहल असन्तोषजनक भएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोको व्यापक आरोचना हुन थालेपछि ब्राजिल सरकारले सरकारी वेवसाइटबाट महिनौं देखिको कोरोना भाइरस सम्बन्धी तथ्यांक हटाएको छ ।

स्वास्थ मन्त्रालयले अबदेखि विगत २४ घन्टा सम्मको मात्र कोरोना सम्बन्धी तथ्यांक प्रकासित गर्ने र अन्य मुलुकहरुले जस्तै विस्तृत विवरण सार्वजनिक नगर्ने निर्णय गरेको छ ।

साथै बोल्सोनारोले बढ्दै गएको तथ्यांकले वर्तमान स्थितीको सही तस्वीर चित्रण नभएको बताएका छन् । कोभिड १९ को कारण विश्वमा सबैभन्दा बढि व्यक्तीको ज्याने सुचिमा दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिले अन्य मुलुकका तुलनामा मृत्युदर उच्च रहेका ेछ ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा ६ लाख ४० हजार भन्दा बढि संक्रमित हुनुका साथै ३५ हजार जना भन्दा बढीको ज्यान गइसकेको छ ।