प्रदेश ५ मा लकडाउन अवधिभर २६० जनाद्वारा आत्महत्या

0
Shares

यमलाल भुसाल,बुटवल ।

कोभिड १९ का कारण भएको लकडाउनको साढे २ महिनामा प्रदेश ५ मा २६० जनाले आत्महत्या गरेको कहाली लाग्दो तथ्याङक सार्वजनिक भएको छ । गत चैत ११ गते देखि जेठ २४ गते शनिवार सम्मको ५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरले दिएको तथ्याङक अनुसार उक्त अवधीमा विष सेवनवाट ४६, झुण्डिएर २११ र पानीमा हामफाली १ जनाले आत्महत्या गरेका घटना दर्ता भएका छन ।

५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारका अनुसार प्रदेशको दाङ जिल्लामा सवैभन्दा बढी १०२ जनाले आत्महत्या गरेका छन भने सवै भन्दा कम अर्धाखाँची र पुर्वि रुकुममा समान ४ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।

उक्त अवधीमा १४० जना पुरुष र १२० जना महिलाले आत्महत्या गरेका छन । उम्मेरको हिसावले सवैभन्दा बढी २५ देखि ४५ वर्ष उम्मेर समुहकाले आत्म हत्या गरेको प्रहरीको रेकडले देखाएको छ । उक्त उमेर समुहवाट १०२ जनाले आत्म हत्या गरेका छन ।

त्यसै गरि १८ वर्ष मुनिका ११ पुरुष र २३ महिला गरि ३४ जनाले, १८ देखि २४ वर्ष उम्मेर समुहका ३६ पुरुष र ३० जना महिला गरि ६६ जना, र ४५ वर्ष माथिका ३७ जना पुरुष र १९ जना महिलाले आत्म हत्या गरेका छन ।

प्रदेशको जिल्लागत रुपमा रुपन्देही जिल्लामा विष सेवनवाट ११ झुडिएर ४० जनाले आत्म हत्या गरेकोमा ३० जना पुरुष र २३ जना महिला रहेका छन । त्यस्तै पश्चिम नवलपरासीमा विष सेवनवाट ५ र झुण्डिएर ११ रहेकोमा पुरुष र महिलाको संख्या समान आठ आठ रहेको छ ।

पाल्पा जिल्लामा झुण्डिएर १५ जनाले आत्महत्या गरेकोमा ११ जना पुरुष र ४ जना महिला रहेका छन । त्यस्तै कपिलवस्तु जिल्लामा विष सेवन गरि ५ झुडिएर २३ जना रहेकोमा १९ जना पूरुष र ९ जना महिला रहेको प्रहरीको रेकडले देखाएको छ ।

गुल्मी जिल्लमा विष सेवनवाट ३ झुडिएर १४ डुवेर १ जनाले आत्म हत्या गरेकोमा ११ जना पुरुष र ७ जना महिला रहेका छन । अर्धाखाँची जिल्लामा विष सेवनवाट १ जना र झुडिएर ३ जना रहेकोमा पुरुष र महिला समान दुई दुइ जना रहेका छन । दाङ जिल्लामा विष सेवनवाट १६ र झुडिएर ५५ जनाले आत्महत्या गरेकोमा पूरुष २९ र महिला ४२ जना रहेका छन ।

प्युठान जिल्लामा ४ पुरुष र २ महिला गरि ६ जनाले झुडिएर आत्म हत्या गरेकका छन । रुकुम पुर्वो जिल्लामा ४ जना महिलाले झुडिएर आत्महत्या गरेका छन । रोल्पा जिल्लामा विष सेवनवाट ५ र झुडिएर ६ जनाले आत्महत्या गरेकोमा ५ जना पुरुष र ६ जना महिला रहेको प्रहरीको रेकडवाट देखिएको छ ।

बाँके जिल्लामा ३ पुरुष र ५ महिलागरि ८ जनाले झुडिएर आत्म हत्या गरेका छन भने वर्दिया जिल्लामा १८ पुरुष र ८ महिला गरि २६ जनाले झुडिएर आत्म हत्या गरेको ५ नम्बर प्रहरी कार्यालयले जनाएको छ । आत्महत्याको तथ्याङकलाई हेर्दा बढी पुरुष र त्यस्मा पनि २५ वर्ष देखि ४५ वर्ष बीचको उम्मेरका भएकाले आर्थिक समस्या, गरिवी घरयासी तनाव लगायतका कुरा हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहको छ ।

प्रदेश ५मा लकडाउन शुरु भएपछि आत्महत्या घटनाका २ सय ५८ वटा मुद्दादर्ता भएको पाँच नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता बैदवारले बताउनु भयो । प्रदेशमा आत्महत्या किन बढयो भन्नेवारे अनुसंन्धान गर्न जरुरी देखिएको छ ।