वडा अध्यक्ष सिलवालको पहलमा सिक्किमबाट ९ नगरबासीको उद्धार

14
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको गोदावरी नगरपलिका– ५ का वडा अध्यक्ष मिलन सिलवालले बैदेशिक रोजगारीको लागि सिक्किम पुगेका नगरबासीको उद्धार गर्नुभएको छ । वडाअध्यक्ष सिलवालले उनीहरुको शनिबार बेलुका उद्धार गरी ल्याई नगरपालिकाले स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ ।

वडा अध्यक्ष सिलवालका अनुसार वडा–६, ९, १० र ११ का नौ जनालाई उद्धार गरि ल्याईएको हो । तीन जना युवती र ६ जना युवक उनीहरुलाई चापागाउँको एक क्वारेन्टाईनमा राखिएको छ । उनीहरु स्वास्थ्य सामान्य रहको वडाअध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

उनीहरुले उतै रहँदा जाँच गरेको पिसिआर रिपोर्ट समेत प्राप्त भईसकेको र रिपोर्टमा सबैको कोरोना भाइरस नभएकोले फेरी गर्ने या नगर्ने केही दिन नगरको क्वारेन्टाईनमा राखेर हुर्नु पर्ने उहाँले बताउनुभयो । ‘उनीहरु अहिले बिलकुल स्वास्थ्य छन् । उनीहरुले साथमा ल्याएको रिपोर्ट हेर्दा सबैको पिसिआर नेगेटिभ छ ।

केही दिन राखेपछि केहि शंका लागेमा हामी फेरी पिसिआर लिन्छौँ ।’, उहाँले बताउनुभयो । वडाअध्यक्ष सिलवालकै पहलमा केही दिन अघि बैदेशिक रोजगारीकै क्रममा भारतको विहारमा पुगेको आफनै वडाबासी तीन जनालाई उद्धार गरी ल्याउनु भएको थियो ।

उनीहरुको कोरोना परिक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि हाल सेल्फ होम क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई स्थानीय प्रशासनमार्फत निगरानीमा राखीएको वडाअध्यक्ष सिलवालले जानकारी दिनुभयो । वडा तथा नगरबासी धेरै जनाले विभिन्न मुलुकबाट उद्धार गर्न आग्रह गरिरहेको उहाँले बताउनुभयो । संभव भएसम्म चाँडौ भन्दा चाँडो उद्धार गरी ल्याउने जमर्काे गरिरहेको उहाँले बताउनुभयो ।