‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको कोरोनाबाट मृत्यु !

0
Shares

एजेन्सी । भारतस्थित मुम्बई हमलाका मास्टरमाइन्ड भनिएका ‘अण्डरवर्ल्ड डन’ दाउद ईब्राहिमको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको खबर यतिबेला भाईरल बनिरहेको छ ।

यद्यपी उक्त खबरको कुनै आधिकारिक पुष्टि भएको छैन । उनका भाई अनिश इब्राहिले दाउद इब्राहिम सहित परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको र सबै स्वस्थ रहेको भन्दै समाचारको खण्डन गरेका छन् ।

तर गुप्तचर एजेन्सीद्वारा शुक्रबार इब्राहिम दम्पतिलाई कोरोना संक्रमण भएको खबर बाहिरिएको थियो । हिन्दी तथा थुप्रै अंग्रेजी अनलाईनहरु,भारतीय टेलिभिजनहरु,पाकिस्तानी टेलिभिजनहरु लगायत सामाजिक सञ्जालमा पनि यतिबेला यो खबरले निक्कै धेरै स्थान पाएको छ ।

संक्रमण लगत्तै दाउद दम्पतीलाई पाकिस्तानको कराँचीस्थित आर्मी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको बताइको थियो । सन् १९९३ मा भएको मुम्बई हमलाका मुख्य योजनाकार रहेको भन्दै भारतले उनलाई सन् २००३ मा ग्लोबल टेरेरिस्ट घोषणा गरेको थियो ।