तेक्वान्दो खेलाडीलाई राहत


काठमाडौं, (नेस)

कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालका तर्फबाट सहयोगस्वरूप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ । दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो ।

करिब ५० हजार रुपियाँ बराबरको राहत वितरण गरिएको थियो । सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । सदस्य–सचिव सिलवाल आफै उपस्थित भई राहत वितरण गर्ने कार्यक्रम भए पनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।