कोभिड १९ भन्दा खतरनाक चुनौति !

0
Shares

न्युयोर्क,एजेन्सी ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार अहिले कोभिड १९ भन्दा खतरनाक प्राणघातक समस्या देखापर्ने सक्ने चेतावनी दिएका छन् । कोरोना भाइरसको कारण विश्वका लाखौं बालबालिकालाई विभिन्न रोग विरुद्ध दिइनुपर्ने खोप कार्यक्रम अवरुद्ध हुन पुगेकाले यो खतरा निम्तिन सक्ने विशेषज्ञहरुको भनाइ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार कम्तिमा ६८ वटा मुलुकमा यो अभियान पूर्णतया रोकिएको जानकारी दिएको छ । डब्ल्युएचओका अनुसार अधिकांश मुलुकले कोरोना भाइरस महामारी फैलिन नदिन खोप कार्यक्रम स्थगन गरेका हुन् ।

तर अहिले आएर थुप्रै सरोकारवाला स्वास्थ समुहहरुले यसको नकारत्मक प्रभब लाो समय सम्म पर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्र संघको बालबालिका कोष (युनिसेफ) , सविन खोप प्रष्ठिान र खोप गठबन्धन समुह गाभीले अब विश्वमा बिना कारण हजारौं बालबालिकाले प्रत्येक दिन ज्यान गुमाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।