पूर्व रक्षामन्त्रीद्वारा ट्रम्पको आलोचना

0
Shares

वासिंगटन,एजेन्सी ।

अमेरिकी पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्दै उनले राष्ट्रमा विभाजन ल्याउँदै आफ्नो अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

विरलै मात्र सार्वजनिक अभिव्यक्ति दिने गरेका म्याटिसले भनेका छन् , ‘ राष्ट्रपति ट्रम्पले अमेरिकी जनतमा विभजन ल्याउन खोजेका छन् । साथै उनी मुलुकको परिपक्व ढंगले नेतृत्व गर्न असफल भएका छन् । ट्रम्पको पछिल्लो अस्थिरता सम्हाल्ने तरिका देखेर मलाई आक्रोसित र स्तब्ध बनाएको छ । ’

ट्रम्पले सिरियाबाट अमेरिक फौज फिर्ता ल्याउने निर्णय गरेपछि म्याटिसले सन् २०१८ मा पदबाट राजिनामा दिएका थिए । अहिले सम्म शान्त रहेका उनको ट्रम्प सरकार प्रतिको असन्तुष्टि बुधवार एटलान्टिक पत्रिकामा प्रकाशित भएको हो ।
म्याटिसको आलोचना प्रति इंगित गर्दै ट्रम्पले ट्विट गरेका छन् , ‘मैले म्याटिसलाई वर्खास्त गरेको थिएँ
‘। मलाई उनको नेतृतव शैली मन परेन र यसमा अन्य धेरैले पनि सहमति जनाए । फलस्वरुप उनको पद चट भयो । उनको उपनाम ‘ समस्या ’ थियो । मलाई त्यो चित्त बुझेन उपनाम फेरेर मैले ‘ बहुला कुकुर ’ राखिदिएँ ।