रौतहटमा एकैदिन थपिए ६५ जना कोरोना संक्रमित

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटमा दिन प्रति दिन कोरोना भाईरसको संक्रमण थपिदै गएका छन । बिहीबार एकैदिन मात्र नयाँ ६५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रमतिको संख्या ३ सय ८३ पुगेको छ ।

बिहीबार थपिए संगै रौतहटको १८ वटै पालिकाको क्वारेन्टाइनमा बस्दै आएकामा कोरोना भाईरसको संक्रमण देखिएको छ । बिहीबार देखिएकोमा ईशनाथ नगरपालिकामा ४२ जना, गुजरा नगरपालिकामा– ८ जना, फतुवा गडिमाई नगरपालिमामा–७ जना फतुवा बिजयपुर नगरपालिमामा– १ जना, माधब नारायण नगरपालिकामा–१ जना र दुर्गा भगबती गाउ पालिकामा १ जनामा देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेका अनुसार संक्रमण देखिएका सबै भारत बाट रोजगारी गरेर आफनो घर फर्कि आउदा सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेका हुन । क्वारेन्टाईनमै उनीहरु बसेका कारण समुदायमा डर छैन । संक्रमित देखिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन । भारत बाट दैनिक घर आउनेको संख्यामा बृध्दि भैरहेको छ ।

प्रहरी प्रशासनले सिमामा निगरानी बढनउने र घर आउन लागेका लाई सम्बन्धि पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा लगेर सिधै राख्ने गरिदै आएको छ । स्वास्थ्यकर्मीले क्वारेन्टाईनमा रहेकाको पिसिआर परिक्षणको लागि स्वाब निकालेर पायक पर्ने प्रयोगशालामा पठाउने गरिएको जनाइएको छ ।