सबैभन्दा महंगो सम्बन्ध विच्छेद !


बेइजिंग (एजेन्सी)
एसियामा सबैभन्दा महंगो सम्बन्ध विच्छेदको घटना बाहिर आएको छ । सम्बन्ध विच्छेदपछि प्राप्त ३ अर्ब ३० करोड डलर बराबरको सम्पतीले एक महिला विश्वका सबैभन्दा धनाध्य महिलाहरुको सुचीमा समावेश भएकी छन् ।

ब्लुमबर्गको प्रतिवेदनमा चीनको औषधी बनाउने कम्पनी सेन्झेन कांंगटइ बायोलोजिकल प्रोडक्ट कम्पनीका प्रमुख ड्यु वेइमिनले आफनी पत्नी युआन लिपिंगसँग सम्बन्ध विच्छेद गरेका छन् । उक्त सम्बन्ध विच्छेदमा उनले मे २९ पत्नीलाई कम्पनीको १६ करोड १३ सेयर दिए ।

त्यसपछि युआन विश्वको सबैभन्दा धनी महिलाको सुचीमा समावेश भएकी छन् । ड्युलाई चीनमा खोप सम्रातका रुपमा चिनिन्छ ।

सोमबार सेयर बजार बन्द हुंदा यो सेयरको मुल्य ३ अर्ब २० अर्ब डलर थियो । ४९ बर्षकी युआन क्यानाडाली नागरिक हुन र सेन्झेनमा बस्दै आइरहेकी छन् । उनी सन् २०११ देखि सन् २०१८ बीच कांगटई बायोलजोजिकल प्रोडक्टकी निर्देशक रहेकी थिइन् ।

अब उनी सहायक कम्पनी बेइजिंग मिन्हाइ बायोटेक्नेलोजी कम्पनीका उप महाप्रवन्धक छिन् । यआनले बेइजिंग युनिभर्सिटीबाट इकोनोमीमा स्नातक हुन् ।

कांगटई कम्पनीको सेयरको मुल्य गत बर्षको तुलनामा दुईगुणा बढेको छ । फेब्रुअरीपछि जब कम्पनीले कोरोनाको खोप विकसित गर्न योजनाको घोषणा गरे, त्यसपछि सेयरको मुल्यमा लगातार बृद्धी भइरहेको छ ।

विश्वमा अहिलेसम्मको सबैभन्दा महंगो सम्बन्ध विच्छेद रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जीबीच भएको थियो ।

उक्त सम्बन्ध विच्छेदमा बेजोसले म्याकेन्जीलाई अमेजोनडटकममा ४ प्रतिशत हिस्सेदारीका रुपमा १ करोड ९७ लाख सेयर दिएका थिए ।

यो सेयरेको अनुमानित मुल्य ३८ अर्ब ८३ करोड डलर थियो । त्यसैगरी झोउ याहुइले आफनो अनलाइन गेमिंग कम्पनी बेइजिंग कुनलुन टेकको १ अर्ब १० करोड डलर मुल्य बराबरको सेयर आफनी पत्नीलाई सम्बन्ध विच्छेद गर्दा दिएका थिए ।