भारतमा कोविड १९ को नयाँ किर्तिमान !


नयाँदिल्ली (एजेन्सी)

भारतमा कोरोना भाइरस संक्रमणले हरेक दिन नयाँ किर्तिमान बनाइरहेका छ । यसबीच हैदराबादको सेन्टर फर सेल्युलर एन्ड मलेक्युलर बायोलजी (सीसीएमबी)का वैज्ञानिकहरुले भारतमा कोरोना संक्रमितहरुमा फरक प्रकारको कोरोना भाइरस (सार्स कोव २) पत्ता लगाएको दावी गरेका छन् ।

अहिले यो दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा धरै भेटिएको वैज्ञानिहरुले बताएका छन् । भारतमा बुधबार साँझ सम्ममा कोरोनाका २ लाख १६ हजार भन्दा धेरै संक्रमित पुष्टि भइसकेको छ भने गत २४ घन्टामा किर्तिमान ९ हजार ३ सय ४ कोरोना संक्रमित भेटिएका छन् ।

वैज्ञानिकहरुले भाइरसको यो अनौथो समुहलाई क्लेड ए३ आई नाम दिएका छन् । यो भारतमा जिनोम सिक्वेन्सको ४१ प्रतिशत नमुनामा भेटिएको छ । वैज्ञानिकहरुले ६४ जिनोमको सिक्वेन्स तयार गरिसकेको छ ।

सीसीएमबीले ट्विटमा भनेको छ, भारतमा फैलिएको सार्स कोव२ को जिनोम विश्लेषणमा एक नयाँ तथ्य अगाडी आएको छ । अनुसन्धान अनुसार यो भाइरसको एक अनौथो समुह पनि हो जुन भारतमा उपस्थित छ । यसलाई क्लेड ए३आई नाम दिइएको छ ।

यो समुह फेब्रअरी २०२० मा भाइरसबाट उत्पन्न भएको हो र देशभरी फैलिएको सीसीएमबीले जनाएको छ । यसमा भारतबाट लिइएका सार्स कोव२ जिनोमका सबै नमुनाका ४१ प्रतिशत सार्वजनिक गरिएका विश्वमा देखिएका जिनोमको साढे तीन प्रतिशत रहेको छ ।